
गोविन्द महतो
जनकपुरधाम, श्रावण ।
जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरको ईजलाश नै ठप्प पारेर नेपाल पत्रकार महासंघको टोलीसंग विवाद गर्न पुगेका नेपाल बार एशोसिएशन, जनकपुरले गुठी विरुद्धको ‘निषेधाज्ञा’ मा ६१ जना वकिलले बहस गरेको भेट्टिएको हो । वहस गर्नेहरुमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु किशोरी साह, देवेन्द्र ठाकुर निराला, विश्वरंजन प्रसाद गुप्ता, चन्द्र कुमार शर्मा, श्याम कुमार मिश्र, शिव कुमार सिंह, रामनेक साह, बलराम सुवेदी, मुकेश कुमार कार्की, उमेश पंजियार, प्रकाश कुमार घिमिरेले बहस गरेका छन् ।
यसैगरी अधिवक्ताहरु सीताराम मंडल, अनिस कुमार सदा, दिपक कुमार बिश्वकर्मा, राकेश कुमार निधि, सतिस कुमार सिंह, दिपक बहादुर के.सी. विमल कुमार मिश्र, सुरेन्द्र लाल कर्ण, अब्दुल अजिज आलम, बालकृष्ण कार्की, केदार आचार्य, सुबोध कुमार मण्डल, राजकुमार महासेठ, विजय कुमार ठाकुर, प्रदिप कुमार यादव, रामविलास यादव, हेम बहादुर कार्की, दिलिप कुमार मण्डल, राकेश कुमार साह, विपिन कुमार झा, कोषराज काफ्ले, राधाकान्त झा, नवल किशोर मण्डल, दिपक कुमार परसैला, दिपनारायण यादव, प्रमोद प्रसाद साह, लोचन साह, सुशिल कुमार मल्लिक, बिजय प्रताप सिंह. नवल कुमार ठाकुर, चतुर्भुज झा, भरत लाल मण्डलले बहस गरेका छन् ।
त्यसैगरी अर्जुन कुमार थापा, रवि शेखर ठाकुर, मनोहर झा, राम सागर साह, मदन प्रसाद पाण्डेय, थी लेखजङ्ग खत्री, संजिव झा, गंगा प्रसाद साह, सुवास चन्द्र झा, हिमान्शु शर्मा, सर्वोदय ठाकुर, संजय कुमार कर्ण, टुनेवर प्रसाद साह, उमा कुमारी यादव, पप्पु कुमार चौधरी, मनिषा जयसवाल, नितेश झा र किरण कुमारी झाले बहस गरेकी छिन् ।
उच्च अदालत जनकपुरको नं. ४ का न्यायधिश गीताप्रसाद तिम्सिनाको एकल ईजलाशमा भनिएको छ, ‘यसमा, के कसो भएको हो ? निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत खुलाई बाटाका म्याद बाहेक १५ दिनभित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र निवेदनपत्रको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नू ।
साथै, निवेदकले अन्तरिम आदेश समेतको माग गरे तर्फ विचार गर्दा, अन्तरिम आदेश जारी हुने, नहुने सम्बन्धमा दुबै पक्षको उपस्थितिमा छलफल पश्चात निष्कर्षमा पुग्न मनासिव देखिँदा अन्तरिम आदेश छलफलका लागि कागज प्रमाण सहित अन्तरिम आदेश छलफलका लागि उपस्थित हुन भनी मिति २०८२÷०५÷०५ गतेको पेशीको सूचना दिई मिति सम्मका लागि जनकपुर उपमहानगरपालिका वडा नं. ४ नक्सा सि.नं. १३९६–०६ कि.नं. ६५ को जग्गामा कुनै हस्तक्षेप नगरी उक्त जग्गा हाल जे जस्तो अवस्थामा रहेको छ, सोही अवस्थामा राख्खु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’
के हो घटना ?
धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका स्थित राममन्दिर गुठ्ठी अन्तर्गतको कित्ता नं. ६५ क्षेत्रफल ४ कठ्ठा जग्गा गुठ्ठी संस्थान सञ्चालक समितिको निर्णय अनुसार पत्रकार महासंघ मधेश प्रदेश समितिलाई २० वर्षको लिजमा प्रदान गरिएको छ । २०८२ जेष्ठ महिनाको ७ गते गुठ्ठी संस्थानले गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी नियमानुसार प्राप्त हुन आएको प्रस्ताव मध्येबाट पत्रकार महासंघले वार्षिक वहाल सबैभन्दा बढी रकम तीन लाख एक हजार उच्चत्तम मुल्याङकन भएर श्रावण १ गते गुठ्ठीबाट स्विकृत भएको थियो ।
सोही जग्गामा नेपाल बार एशोसिएशन जनकपुरधामले पार्किङ स्थाल बनाउँदै जग्गा अतिक्रमण गर्न श्रावण २० गते सूचना नै जारी गरी २१ गतेदेखि बार एशोसिएशनको छेउमा रहेको जग्गामा कानुन व्यवसायीहरुलाई गाडी पार्किङका लागि उर्दी जारी गरेको थियो । सोही अनुसार कानून व्यवसायी तथा बार सम्मिलित वकिलहरुले पत्रकार महासंघको जग्गाका तारबार लगाउने तथा किल्ला गाड्ने र पार्किङ्ग समेत जर्वरजस्ती गर्दै आएकोमा महासंघले त्यसको प्रतिरोध गरेकामा दुईपक्षीय मुटभेड भएको हो । मुटभेडमा पत्रकार महासंघका अध्यक्ष श्याम बञ्जारा र महिला उपाध्यक्ष ज्योति झालाई चोटपटक लागेको छ । महासचिव शैलेन्द्र महतो (क्रान्ति)को बायाँ खुट्टा फयाक्चर भएको छ भने पत्रकारद्वय दिवाकर साहलाई टाउँकोमा गम्भीर चोट देखिएको छ । यसैगरी पत्रकार अनिल निरालालाई समेत गालामा गम्भीर चोट लागेको छ । यसैगरी महिला पत्रकार विनिता यादवलाई दुव्र्यवहार तथा गालीगलौज समेत गरेको थियो ।
घटना सन्दर्भमा वरिष्ठ पत्रकार विष्णुमणि (विएम) खनालले समान्य निषेधाज्ञाको घटनामा ६१ वटा वकिलको बहस हार मानसिकताको उपज भएको बताए । उनले भने, “सधै कानूनको कुरा गर्ने अधिवक्ता ज्यूहरुले कागज अनुसार न्याय निरुपणमा जानेपर्नेमा कुटपिटमा उत्रनु कानूनी पेशाकै बेईज्जत तथा कालो कोटको भद्दा मज्जाक बाहेक केही होईन् ।