जनकपुरधाम : भारतबाट नेपाल भ्रमणमा आएका चन्देश्वर भईयाले नेपालीलाई ‘आर्ट अफ लिभिङ्ग’ सिकाएका छन् । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता तथा प्रशिक्षक सुरेन्द्र कुमार महतो तथा प्रशिक्षक सुधीर ठाकुरले ‘आर्ट अफ लिभिङ्ग’ सम्बन्धी विशद ज्ञान सहित सहभागीहरुलाई ध्यान, योग, प्राणायाम र सुदर्शन क्रियाको गहिरो अभ्यासमा मार्गदर्शन गरे ।

मिथिलाको ऐतिहासिक, धार्मिक तथा आध्यात्मिक राजधानी जनकपुरधाममा आर्ट अफ लिभिङ, तथा ‘ह्यापिनेस कोर्स’ का सहभागि ओम कुमार साहले ‘आर्ट अफ लिभिङ’ का संस्थापक श्री श्री रविशंकरद्वारा चार दिने शिविरमा रोगमुक्त शरीर, तनावमुक्त मन र हिंसामुक्त समाज निर्माण परिकल्पना सहित ध्यान शिविर सञ्चालन गरेको बताए ।

उनले भने, ‘संस्थाको प्रमुख उद्देश्य ध्यान, योग, प्राणायाम (सुदर्शन क्रिया) जस्ता अभ्यास मार्फत प्रत्येक व्यक्तिको जीवनलाई स्वस्थ, सन्तुलित र आनन्दमय बनाउन ‘आर्ट अफ लिभिङ’ मार्फत ‘ह्यापिनेस कोर्स’ सञ्चालन गरिएको थियो ।’ जसको प्रतिफल स्वरुप समाजमा शान्ति, प्रेम र अहिंसा स्थापित हुने जनविश्वास छ ।’

जनक, सिता र गाग्री जस्तो विद्वाद विदुषिको पौराणिक शहरमा जनकपुरधाममा भदौ ४ गते देखि सञ्चालित शिविर शनिबार सम्पन्न भएको छ । चन्देश्वर भईयाले जनतालाई आर्ट अफ लिभिङको शिक्षाले बिजुली, पानी, ग्यास, पेट्रोल, मट्टितेल, रोजगारी, शान्ति सुरक्षा आदिको अभावमा पनि निरन्तर बाँचिरहेकाले स्वयंम जीवनको कला सिक्ने बताए ।

कार्यक्रमका सहभागी प्रादेशिक अस्पताल, गौर रौतहटका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरले व्यस्त जीवनशैलीमा मानिसहरु स्वास्थ्यप्रति उदासीन भइरहेकोमा चिन्ता व्यक्त गरे । मधेश प्रदेशमा साक्षरता दर न्यून र समाज तुलनात्मक रुरूपमा कम विकसित रहेको अवस्थाले नैतिक मूल्यमा आधारित समाज निर्माणको आवश्यकता झनै बढाएको आवश्यकता महशुष गरे । उनले भने, ‘यस अवस्थामा ह्यापिनेस प्रोग्रामले केवल व्यक्तिगत स्वास्थ्य र मानसिक सन्तुलनमा मात्र नभई राष्ट्र विकासमा समेत सकारात्मक योगदान पुर्याउछ ।’

चार दिनसम्म निरन्तर सञ्चालन भएको ‘ह्यापिनेस कोर्स’ मा विभिन्न विधा–पेशा र क्षेत्रका ४५ जना सहभागीहरुले योग, प्राणायाम, ध्यान, क्रिया तथा सेवा कार्य जस्ता अभ्यासमा सहभागि भई आत्मिक तथा सामाजिक उन्नति तर्फ महत्वपूर्ण अनुभव हासिल गरेको आयोजकले दाबी गरे ।

कोर्समा प्रशिक्षार्थीलाई योग, ध्यान, ज्ञान र उदाहरण प्रस्तुत गरेर खुशी हुने कला सिकाइएको प्रशिक्षक मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता तथा प्रशिक्षक सुरेन्द्र कुमार महतो बताए । ‘मनको स्थितिमा नियन्त्रण, सहि निर्णय लिने क्षमताको विकास, एकाग्रतामा वर्तमानमा रमाउन, भुतकालको पश्चाताप र भविष्यको डरबाट मुक्ती, क्रोधमा नियन्त्रण, तनावबाट मुक्ती, समय व्यवस्थापन, परिवार र इष्ट मित्रमा अझ थप सुमधुर र प्रगाढ सम्बन्ध स्थापित गर्ने लगायत कोर्सबाट प्राप्त भएको आयोजक समिति ईन्जिनियर ओम कुमार साहले बताए ।


२०८२ भाद्र ८, आईतवार २०:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय