
रोशन कुमार महतो,
बर्दिवास, भाद्र २१ गते ।
बर्दिवासमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको १९औ राष्ट्रिय दिवसको अवसरमा सचेतनामूलक यली सम्पन्न भएको छ ।
’तीनै तहका सरकार मिली गरौ हातेमालो, मानव बेचविखनको हटाओं दुष्चक्रको जालो’ भन्ने नाराका साथ निकालिएको प्रÞ्यालीमा मानव बेचबिखन रोक्न सवैलाई एकजुट हुन आह्वान गरेका छन् ।
यली पश्चात भएको कोण सभालाई सम्बोन गर्दै बर्दिवासका नगरपालिकाको नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले मानव बेचविखन न्यूनीकरण गर्नका लागि विद्यार्थीहरूलाई नै सचेत गराउनुपर्नेमा जोड दिए ।उनले सबैभन्दा पहिला त्यहींबाट सूचना प्राप्त हुने गरेको उल्लेख गरे । नगर प्रमुख क्षेत्रीले वर्दिवास नगरपालिकामा बालविवाह मुक्त वडा घोषणा भइसकेको र नगर तथा वडामा बाल सञ्जालहरू गठन गरी बालबालिकालाई सशक्त बनाइएको समेत बताए ।
उनले विद्यार्थीहरूलाई सामाजिक सञ्जालमा आएका खबरहरूलाई विश्वास नगर्न वैदेशिक रोजगारीमा जाँदा कम्पनी र मेनपावरको बारेमा राम्रोसँग बुझेर मात्रै जान आग्रह गरे । र ’नेपालको कानुन धेरै कडा भइसकेको छ, त्यसैले कुनै पनि निर्णय लिनुअघि सबै कुरा बुझ्न जरुरी छ,’ उनले भने ।
ईलाका प्रहरी कार्याव्य बर्दिवासका प्रहरी निरीक्षक विकास बमले मानव बेचबिखन तथा ओसारपसारलाई समाजको एक ठूलो विकृति र जघन्य अपराधको संज्ञा दिए ।
उनले लागू औषध ओसार पसारपछिको यो तेस्रो संगठित अपराध भएको बताए । प्रहरी नायव उपरीक्षक बमले भने, ’यो सामाजिक विकृतिलाई नगर र देशबाटै सफा गर्न हामीले सबैबाट सहयोगको अपेक्षा गरेका छौ ।’
उनले नेपालको संविधान, वालवालिका सम्बन्धी ऐन, श्रम ऐन र शोषण विरुद्धको हक जस्ता कानूनी प्रावधानहरूले मानव वेचविखनलाई अपराध मानेको र यसलाई रोक्न राज्यका तीनै तहले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए ।
समुदाय, विद्यार्थीहरू सबैलाई आ–आफ्नो ठाउँबाट अपराधलाई न्यूनीकरण गर्न सबैमा प्रयास गर्न उनले आग्रह गरे । आयोजनामा भएको कार्यक्रममा नेपाल प्रहरी, स्थानीय अभिभावक र सामाजिक संस्था को साझेदारी रहेको थियो।