बर्दिबास, २९ भदाै ।
गत साेमबार (२३ भदाै) देखिकाे जेन्जी आन्दोलनमा ज्यान गुमाउनेहरुकाे सम्झनामा बर्दिबासचाेकमा आज आइतबार साँझ दीप प्रज्वलन गरिएकाे छ । जेन्जी ग्रुप, लायन्स, राेटरी र राेट्र्याक क्लवसहितका सामाजिक सङ्घस्स्थाले संयुक्त रुपमा दीप प्रज्वलन आयोजना गरेका हुन् ।

कार्यक्रममा भ्रष्टाचार तथा बेथितिविरुद्धकाे आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सर्वसाधारणले दीप प्रज्वलन गरे । कार्यक्रममा जेन्जी ग्रुपका सदस्यले आन्दोलनमा ज्यान गुमाउनेहरुलाई सहिद घाेषणा गरी परिवारजनलाई उचित क्षतिपूर्ति दिनपर्ने माग गरेका छन् ।

लायन्स कल्व अफ बर्दिबास समाजका अध्यक्ष वैकुण्ठ देवकाेटाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रका वक्ताहरुले आन्दोलनमा घाइते भएका हरुकाे भरपर्दाे उपचार व्यवस्था मिलाउन सरकारकाे ध्यानाकर्षण गराउँदै सबै घाइतेकाे शीघ्र स्वास्थ्यलाभकाे कामना गरे ।

कार्यक्रममा आन्दोलनमा भएका आगजनी र ताेडफाेडका घटनाकाे निष्पक्ष जाँचबुझ गरी सार्वजनिक तथा व्यक्तिगत सम्पति खरानी बनाउनेलाई कार्वाहीकाे दायरामा ल्याइन माग गरिएकाे छ । यसैगरी जनताकाे जिउधनकाे सुरक्षामा चनाखाे रही आपदविपदमा सरकार छ भन्ने अनुभूति गराउन सबै सुरक्षा निकायकाे ध्यानाकर्षण सहभागीले गराएका छन् ।


२०८२ भाद्र २९, आईतवार २१:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय