अनिल कुमार साह
जनकपुरधाम, कार्तिक ।
मधेश प्रदेशभा सभामुख रामचन्द्र मण्डलले छठ पर्वको शुभकामना व्यक्त गरेको छ । तराई मधेश तथा मिथिलाञ्चल सहित भारतको विहार राज्य सहित अन्य स्थानमा मनाईने छठ पर्वको मधेशवासी, देशवासी र स्वदेश तथा विदेशमा रहेका सबैमा छठको शुभकामना व्यक्त गरेको छ । उनले नेपाल तथा सिमावर्ती भारतको मिथिलाञ्चलमा अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गर्दै हर्षोल्लासमय रुपमा मनाइने छठ पर्वमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेको हो ।
सभामुख मण्डलले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिवहरुप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने प्रक्ति पुजा छठ ऐतिहासिक पृष्ठभूमि र मानव विकास क्रमको सांस्कृतिक संकेन्द्र हो । मानव जीवन कृक्षि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरुको खुसीयाली एवं कृषि युगको निरन्तरता प्रतीकका रुपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको मानिन्छ । छठ प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्व हो । यस पर्वले प्रकृति र मानव बीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृक्तिक वस्तुहरुको’ सम्मान एवं संरक्षण, उत्पादन प्रवद्र्धन एवं श्रम संस्कृतिको विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्छ ।’
उनले भूगोल र क्षेत्रफलले सानो भएतापनि भाषा, कला, संस्कृति, चाडपर्व, र सभ्यता संस्कृतिका दृष्टिले हामी नेपाली विश्वमै विशाल र वैभवशाली भएको उल्लेख गरेका छन् । ‘हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरुले छठ पर्व राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्वन्ध थप प्रगाढ तुल्याउन तथा देशको विद्यमान चुनौतीहरुमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्याय सहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सवैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु ।,’ सभामुख मण्डलले तराई मधेशमा मनाइने छठ हाल काठमाडौ उपत्यका लगायत अन्य जिल्लाहरुको साथै भारतको विहार वाहेक अन्य प्रान्तमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको उशुभकामना सन्देशमा उल्लेख छ ।
साथै सभामुख मण्डलले जेन्जी आन्दोलनवाट भएको क्षति र वितृष्णा विदेशी षडयन्त्रको रुपमा लिन व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न राष्ट्रलाई एकताबद्ध, तुल्याउदै समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।



