महोत्तरी/धनुषा – तिहारको पर्वको बेला चोरी गर्ने गिरोह पक्राउ परेको छ। जिल्ला महोत्तरी, भंगाह नगरपालिका वडा नं. ६ का पुरन सिंह थारुको घरमा मिति २०८२/०७/०२ गते राति नगद, सुनका गरगहना र अन्य सामान चोरी भएको थियो। यस घटनापछि प्रहरीको विशेष अनुसन्धान टोली खटिएर गहिरो अनुसन्धान गरि चोरीका मुख्य आरोपीहरूलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका व्यक्तिहरूमा काली (हिरा देवी मुखिया), जस्मिन खातुन र राधा देवी मुखिया रहेका छन्। अनुसन्धानका क्रममा चोरी भएका गरगहना र नगद महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका स्थित माँ अम्बे ज्वेलर्सका संचालक सुरज साह सोनार र अनरजित साह सोनारले खरिद गरेको खुलासा भएको छ।
प्रहरीले चोरी गरेका सामानहरू सहित ती सबैलाई पक्राउ गरी अदालतमा पेश गरेको छ र म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेका व्यक्तिहरू:
१) काली (हिरा देवी मुखिया) – ४० वर्ष, धनुषा, जनकपुरधाम उ.म.न.पा.वडा नं. १४
२) राधा देवी मुखिया – ४५ वर्ष, धनुषा, जनकपुरधाम उ.म.न.पा.वडा नं. १४
३) जस्मिन खातुन – १९ वर्ष, धनुषा, जनकपुरधाम उ.म.न.पा.वडा नं. ८
४) सुरज साह सोनार – २७ वर्ष, महोत्तरी, जलेश्वर नगरपालिका व.न. २
५) अनरजित कुमार साह – २३ वर्ष, महोत्तरी, एकडाँडा गा.पा. व.न. ३
बरामद सामानहरू:
-
२ थान चाँदी जस्तो देखिने बाला
-
२ थान चाँदी जस्तो देखिने पाउजु
-
१ थान रातो मोतिमा पहेलो धातु भएको माला
-
१ थान सुन जस्तो देखिने नथिया
-
२ थान सुन जस्तो देखिने सिक्रीले जोडिएको औठी
-
१ थान सुन जस्तो देखिने नाकको नथुनी
-
२९,००० नेपाली रूपैयाँ नगद
-
१ थान VERSACE EROS सेन्टको बोतल
-
अन्य चाँदी जस्तो देखिने सामानहरू



