बर्दिबास, २७ कात्तिक ।
सरकारले चुनावकाे वातावरण बनाए आफ्नो दल चुनावमा हाेमिन तयार रहेकाे नेकपा (एमाले) ले बताएकाे छ ।
एमाले मधेश प्रदेश कमिटीकाे छैठाैं पूर्ण बैठकलाई आज बिहीबार बर्दिबासमा सम्बाेधन गर्दै दलका स्थायी कमिटी सदस्य तथा मधेश इञ्चार्ज लीलानाथ श्रेष्ठले चुनावका लागि अनुकूल वातावरण बन्नासाथ सिङ्गाे पार्टी चुनावमा हाेमिने बताउनु भएकाे हाे ।
‘सरकार सुरक्षाकाे प्रत्याभूति दिनभन्दा थर्काउनतिर छ’ श्रेष्ठले भन्नुभयाे, ‘अनि कसरी चुनाव हुन्छ ?’ सरकारले वातावरण बनाउन पर्ने उहाँकाे भनाइ छ ।
अहिले आफ्नो दल वडाबस्तीसम्म जागरण अभियानमा रहेकाे बताउँदै उहाँले याे निर्वाचनकै तयारी रहेकाे उल्लेख गर्नुभयाे ।
सरकारसँग दलका नेताहरुकाे सुरक्षा र प्रचार अभियानमा मुलुकभरि हिड्नसक्ने सुरक्षा प्रत्याभूति दिन पूर्वमन्त्री रहीसक्नु भएका श्रेष्ठले माग गर्नुभयाे ।
एमाले मधेशकाे याे बैठकले पार्टीका आन्तरिक कामहरुकाे समीक्षा, आसन्न ११ औ महाधिवेशनकाे तयारी, मधेश प्रदेशमा भर्खरै आफ्नो दलकाे नेतृत्वमा सरकार बन्नुकाे पृष्ठभूमिबारे छलफल गरेकाे दलका प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलकाे भनाइ छ ।
बैठकले अहिलेकाे मुख्य मुद्दा ‘जेन्जी आन्दोलन’ को सम्बाेधन रहेकाे ठहर गर्दै यसकाे सम्बाेधन सम्बिधान संशाेधनबाट गरिन प्रतिनिधिसभा ब्युतन पर्ने जनाएकाे छ ।
‘मुख्यपक्ष जेन्जी आन्दोलनको सम्बाेधन हाे, यसका लागि सम्बिधान संशाेधन हुनपर्छ’ अध्यक्ष मण्डलले भन्नुभयाे, ‘यसका लागि संसद चाहिएकाे हाे ।’ यसपछिमात्र चुनावकाे सार्थकता रहने एमाले मधेश कमिटीकाे ठहर छ ।
बैठकमा मधेशबाट प्रतिनिधित्व गर्ने दलका स्थायी कमिटी, पाेल्युटब्युराे र केन्द्रीय कमिटीका सदस्यहरु पनि सहभागी भएका साे दलका मधेश प्रदेश सचिब मनाेज पाैडेलले बताउनुभयाे ।



