नेपालवाणी डटकम
जनकपुरधाम, मंसिर ।

आसन्न नेकपा एमालेको केन्द्रिय महाधिवेशन प्रतिनिधि छनोटमा धाँधली भएको छ । नेकपा एमालेको मंसिरमा २७ गते देखि काठमाण्डौंमा हुने महाधिवेशनको लागि प्रतिनिधि छनौटमा महासेठ पक्षधरले धाँधली गर्दै विपक्षीको फर्म च्यातेर फालिदिएको छ ।

धनुषाको क्षेत्र नं. ४ को क्षिरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरमा भएको छनोटको प्रक्रियामा रघुवीर महासेठ पक्षधरले मनोनयन पत्र दर्ता गराउन गएका केही युवाहरुको मनोनयन पत्र नै च्यातेर फालिदिएको श्रोतले बताएको छ । नेकपा एमालेको ११ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयनको दर्ता प्रक्रियामै सहभागिताको लागि बञ्चित गरिएको एमालेका युवा नेता सचिन यादवले जानकारी दिए ।

नेपालवाणीसंग कुराकानी गर्दै नेकपाका युवा नेता धिरेन्द्र कुमार मण्डलले ११ औं महाधिवेशनको लागि केन्द्रिय प्रतिनिधि छनोट प्रक्रियाबाटै आफुहरुलाई बहुमतको दम्भमा बञ्चित गराईएको दाबी गरे । उनले भने, ‘एकलौटी र दम्भले कसैको हित गर्दैन । हामी नेकपा एमालेका युवाहरुलाई मनोनयन प्रक्रियाबाटै अलग राख्नु वा गुण्डागर्दी शैलीमा मनोनयन पत्र च्यातेर लोकतन्त्रको भद्दा मज्जाक बनाएको छ ।’

मनोनयन पत्रको फर्म भरेर दर्ता गर्न गएका एमालेका युवा नेताहरु धिरेन्द्र मण्डल, सचिन यादव, आरपी यादव, विमल यादव, बीरेन्द्र यादव, रोशन यादव लगायतका नेताहरुको फर्म मनोनयन पत्र दर्ता गर्नु अघि नै च्यातेर फालेका थिए । साथै मनोनयन पत्र दर्ता हुने समय अगावै महासेठ पक्षधरले मनोनयन पत्र दर्ता गराउन बन्द गराएका थिए ।


२०८२ मंसिर १२, शुक्रबार १७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय