नेपालवाणी डटकम
जनकपुरधाम, मंसिर ।

मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजिनामा दिएका छन् । मधेश प्रदेशसभाको रोष्टमबाट विश्वासको मत माग्ने क्रममा आफ्नो वक्तव्य राख्दै उनले राजिनामा घोषणा गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम विश्वासको मत लिन पुगेका मुख्यमन्त्री यादवले राजिनामा दिएका हुन् ।

असंवैधानिक नियुक्ति भनेर अशोभनिय मधेश भवनमा अभद्र शैलीको व्यवहार र अराजकता प्रदर्शन गर्ने देखि लिएर झण्डा फाल्ने, गमला फाल्ने, कर्मचारी माथि हातपात, राष्ट्रसेवक प्रहरी माथि हातपात जस्ता शैली भद्दाजनक भएको बताएका हुन् । उनले भने, ‘बाध्यात्मक मुख्यमन्त्रीमा नियुक्तमा विश्वासको मत पाउने नपाउने ठुलो कुरा होईन् । बरु चार सदस्यीय मन्त्रीमण्डल बनाएर जनताप्रति उत्तरदायित्व हुनु नै जनताको सेवकको परिचय भएको बताएका हुन् ।’

विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री यादवले भने, ‘संघीयता कसैको बपौटीले आएको होईन् । संघीयतामाथि कुठाराघात गर्ने संघीयता मेरो बपौटी हो, भन्न मिल्छ ?’, यादवले असंवैधानिक तथा अवैधानिक मुख्यमन्त्री नियुक्तिको नाममा बलजफती र नौंटकी जनतालाई स्विकार्य नहुने बताए ।

मुख्यमन्त्री यादवले संघीयताको दुहाई दिने सरकारले संघीयता जननी मधेश सरकार बनाउन पनि काठमाण्डौंको मुख ताक्ने प्रवृति आफुलाई मधेशवादी शक्तिबाट भएको आरोप लगाए । उनले भने, ‘संघीयताको भद्दा मज्जाक बनाईरहनु भएको छ । संघीयताको ठेकेदार भन्नेले आफ्नो मन्त्री पनि स्वयंम छान्न सक्दैन् । कस्तो संघीयताको अभ्यास हो ? काठमाण्डौंको भर पर्ने अनि संघीयता पक्षधर भन्ने ?’

उनले भने, ‘संघीयता पक्षधर भन्ने संघीयताको दुहाई दिने तर मधेश सरकारको राष्ट्रसेवक कर्मचारीलाई हातपात गर्ने, कर्मचारी कुट्ने, राष्ट्रिय झण्डा फाल्ने, गमला फुटाउने जस्ता अशोभनिय कार्य स्विकार छैन् ।’


२०८२ मंसिर १७, बुधबार १५:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय