नेपालवाणी नेटवर्क
जनकपुरधाम, मंसिर ।

जनकपुरधाम मधेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मन्त्री परिषद् विस्तार गरेको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएसंगै तीन सदस्यी मन्त्री मन्त्री परिषद् विस्तार गरेको छ । जसमा जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवलाई अर्थ मन्त्रीको जिम्मेवारी दिएको छ ।

यसैगरी नेपाली काँग्रेसका जंगीलाल राय यादव र नेकपा एकिकृत समाजवादीका पार्टीका कनिष पटेललाई विना विभागी मन्त्रीको सपथ ग्रहण गराएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीहरुको जिम्मेवारी वाडफाँड गरिएको छ । थप मन्त्रालयहरुमा सहमति जुट्न नसकेको कारण तत्कालका लागि मन्त्री परिषद् विस्तार हुन नसकेको माओवादी केन्द्रका नेता भरत प्रसाद साहले जानकारी दिए ।


२०८२ मंसिर २१, आईतवार १३:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय