नेपालवाणी डटकम
जनकपुरधाम, पुस ।
तथ्याङ्क दिवसमा आयोजित हाजरी जवाफ प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्दै याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयले (ज्ञानकूप) प्रथम स्थान हासि गरेको छ । तथ्याङ्क दिवस २०८२ को अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितमा सहभागि भएका १६ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु सबैभन्दा उत्कृष्ठ प्रदर्शन गर्दै याज्ञवल्क्य संस्कृत माविले प्रथम स्थान हासिल गरेको हो ।

‘आधिकारी तथ्याङ्कक, पारदर्शी शासन’ मूल नाराका साथ जनकपुरधाम उप–महानगरपालिका क्षेत्र भित्रका १६ वटा सामुदायिक तथा नीजि विद्यालयहरु बीच भएको प्रतिस्पर्धामा सबैभन्दा उत्कृष्ठ प्रदर्शन गर्दै याज्ञवल्क्य संस्कृत माविले (ज्ञानकूप) प्रथम भएको तथ्याङ्क कार्यालय धनुषाका प्रमुख शिवनारायण महतोले जानकारी दिए । हाजरिजवाफ प्रतियोगितामा क्रमश दोश्रो राजर्षि जनक माध्यमिक विद्यालय, तेश्रो हिमाली ईङ्गलिश बोडिङ्ग स्कुल र सान्तवना पुरस्कार सिद्धार्थ शिशु सदनले प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेका याज्ञवल्क्य संस्कृत माविले (ज्ञानकूप) विजेता स्कुललाई नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । यसैगरी द्वितिय, तृतिय र सान्तवना विजेतालाई समेत नगद सहित मेडर र प्रमाणपत्रले सम्मान गरिएको तथ्याङ्कक कार्यालय प्रमुख शिवनारायण महतोले जानकारी दिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निजामति सेवामा प्रवेश गरेका तथा तथ्याङ्क समन्वयन कार्यालय धनुषामा कार्यरत तीन जना कर्मचारीलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा तथ्याङ्कक अधिकृत प्रविण कुमार चौधरी, सह–लेखापाल शंकर पण्डित र कार्यालय सहयोगी सेठलाल दास सम्मान गरिएको छ ।

