महोत्तरी, २६ पुस ।
तीव्र गतिमा सहर विस्तार हुँदै गएको महोत्तरीको बर्दिबास नगरक्षेत्रमा नेपाल टेलिकमको मोवाइल सञ्चार सेवा नपुग्दा सर्वसाधारण उपभोक्ता सुविधाबाट वञ्चित छन् । जिल्लाको सम्पूर्ण चुरेक्षेत्र ओगटेको यो नगरपालिकाका १४ वडामध्ये पाँच वटा वडाका अधिकांश बस्तीमा नेपाल टेलिकमको मोवाइल सेवाको पहुँच नभएको सर्वसाधारण उपभोक्ता बताउँछन् । मुख्यत चुरे क्षेत्रका भित्री बस्तीहरु यो सेवाबाट वञ्चित छन् ।
“हाम्रो नगरपालिकाका वडाहरु ३, ४, ५, १० र ११ चुरेक्षेत्रसँग जोडिन्छन् । यहाँका यी वडाभित्रका २० भन्दा बढी बस्तीमा नेपाल टेलिकमको मोवाइल सेवाको पहुँच छैन” बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वा भन्नुहुन्छ, “नेपाल टेलिकमको कार्यालय बर्दिबासै आफ्नै भवनमा भएर पनि यहाँ सेवा सुनिश्चित हुन सकेको छैन ।” चुरे काछका भित्री खोलामा ३० हाराहारी बस्ती रहेका र अधिकांशमा नेपाल टेलिकमको मोवाइल सेवा पुग्न नसकेको उहाँको भनाइ छ ।
चुरे क्षेत्रमात्र नभएर नगरका मैदानी भेगमा पनि नेपाल टेलिकमको मोवाइल सेवा प्रभावकारी हुन नसकेको उपभोक्ताको गुनासो छ । “हामी त पूरै मैदानी (समतल) भेगमै छौं, नेपाल टेलिकमको मोवाइल सिम पनि छ, तर खै किन हो राम्ररी कुरा नै हुन पाउँदैन” बर्दिबास–८ हाथीलेटका बासिन्दा फर्निचर व्यवसायी राधाकृष्ण शर्मा (ठाकुर) भन्नुहुन्छ, “टावरले राम्रो काम गरेजस्तो लाग्दैन ।” सरकारी स्वामित्वको कम्पनीमा भर परेर मोवाइलमा नेपाल टेलिकमको सिम राखेपनि आवश्यक कुरा हुन नपाएपछि दिक्दार हुने गरिएको उहाँको गुनासो छ ।
शर्माजस्तै बर्दिबास नगरको मुख्यचोक नजिककै उपभोक्ताले पनि यस्तो गुनासो गरेका छन् । “नेपाल टेलिकमको सिममा भरोसा गरियो, तर कुरा गर्न थाल्यो किरमिर आवाज भएर बुझिदैन” बर्दिबास–१ का सञ्चारकर्मी जीवनराज दाहाल भन्नुहुन्छ, “सरकारी स्वामित्वको भनेर भर परिन्छ, सेवा भने भरपर्दो बन्न सकेको छैन ।” विगतका आठ गाबिस समेटेर बनेको बर्दिबास नगरपालिकाका धेरै बस्तीमा यस्तो समस्या रहेको दाहालको अनुभव छ ।
शर्मा र दाहालजस्तै बर्दिबास–२ की बासिन्दा कृति महतो पनि नेपाल टेलिकमको सिमबाट राम्ररी कुरा हुन नसकेको बताउनुहुन्छ । “मोवाइलमा कुन सिम हालौ भनेर सोच्दा नेपाल टेलिकम नै भरपर्दो होला भन्ने ठाने” बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयको कक्षा १२ की छात्रा महतो भन्नुहुन्छ, “तर यो सिम हालेको मोवाइलबाट राम्रो सेवाभने छैन ।” कहिले फोन नलाग्ने, कहिले किरमिर आवाज आएर कुरा नबुझिने र कहिलेकाँही कुरा हुँदाहुँदै मोवाइल कट्ने गरेको महतो बताउनुहुन्छ ।
बर्दिबासमै नेपाल टेलिकमको आफ्नै भवनसहितको कार्यालय भएपनि यो जनगुनासोको समुचित सम्बोधन भने हुन सकेको छैन । विक्रम सम्वत् २०६२ सालमै कार्यालय स्थापना भएर १८ वर्षपछि २०८० जेठ १६ गतेदेखि कार्यालयसम्बद्ध सेवा सुरु गरेको यो कार्यालयमा आफूहरुले बराबर गुनासो पुर्याएको उपभोक्ता बताउँछन् ।
बर्दिबासस्थित नेपाल टेलिकम दुर सञ्चार कार्यालयले २०८० साल जेठ १६ गतेदेखि नै फोन, इण्टरनेट र आईपी टिभीसहितका सुविधासहितको ल्याण्डलाइन टेलिफोन सेवा, नयाँ सिम कार्ड वितरण, हराएको र पुरानो सिमकार्ड दिने, एन्टी फाइवर नेट जडान, मर्मतसम्भार र आर्थिक भुक्तानी सेवा सञ्चालनमा रहेको जनाउँदै आएको छ । यी सेवा दिइरहेको कार्यालयले आफूहरुको टावरबारेको गुनासो भने सम्बोधन नगरेको उपभोक्ता बताउँछन् ।
यता नेपाल टेलिकम बर्दिबास कार्यालयले भने छिटोछरितो र गुणस्तरीय सेवाप्रति समर्पित रहेको जनाएको छ । “हामीले कार्यालयबाट सम्पादन हुने सेवा आम सेवाग्राहीलाई यथासक्य चाँडो दिदै आएका छौं कार्यालय प्रमुख तथा प्राविधिक अधिकृत इञ्जिनियर योगेन्द्र यादव भन्नुहुन्छ, “टावरसम्बन्धी गुनासा आएका छन् , तिनको सम्बोधनका लागि आवश्यक समन्वय भइरहेको छ ।” यद्यपि बर्दिबासका चुरे काछका बस्तीबाहेक धेरै ठाउँमा यस्तो समस्या नरहेको उहाँको भनाइ छ ।
मोवाइलमा कुराकानीमा समस्याको निदान बिटिएस (बेस ट्रान्सिभर स्टेसन) बढाएर गर्न सकिन्छ । कार्यालयले यसका लागि तत्काल कमसेकम तीन वटा नयाँ बिटिएस जडानका लागि मोवाइल सेवा निर्देशनालय काठमाण्डौ, मधेश प्रदेशको दुर सञ्चार प्रादेशिक निर्देशनालय वीरगञ्ज र जनकपुरधामस्थित दुर सञ्चार कार्यालयसँग समन्वय गरिरहेको यादवको भनाइ छ ।
“यहाँको कार्यालय प्रमुखमात्र नभएर म आफैं प्राविधिक पनि हुँ” यादव भन्नुहुन्छ, “हामीले अहिले कमसेकम तीन वटा बिटिएस जडानका लागि आफ्नै उपल्लातहमा समन्वय गरीरहेका छौ, यो प्रकृया अघि बढ्दैछ ।” अहिले बर्दिबासको भोलावसन्तचोक आसपास, बर्दिबास–२ को बुद्धचोक र छिमेकको मिथिला नगरपालिकाको लालगढमा बिटिएस जडानका लागि प्रकृया थालिएको उहाँको भनाइ छ । यी काम सम्पन्न हुनासाथ यस भेगमा टावरको समस्या नरहने उहाँ बताउनुहुन्छ ।
जिल्लामा जलेश्वर र बर्दिबासमा गरी दुई ठाउँ दुर सञ्चार कार्यालय सञ्चालनमा छन् । यी दुबै कार्यालयमा पायक पर्ने भेगका सर्वसाधारणले सेवा लिइरहेका यादवको भनाइ छ । बर्दिबास कार्यालयमा जिल्लाका बर्दिबास, गौशाला, औरही, भङ्गाहा र रामगोपालपुर एबं छिमेकको धनुषा जिल्लाको मिथिला नगरक्षेत्रका उपभोक्ताले बढी सेवा लिदै आएका यादव बताउनुहुन्छ ।महोत्तरी, २६ पुस ।

जिल्लामा जलेश्वर र बर्दिबासमा गरी दुई ठाउँ दुर सञ्चार कार्यालय सञ्चालनमा छन् । यी दुबै कार्यालयमा पायक पर्ने भेगका सर्वसाधारणले सेवा लिइरहेका यादवको भनाइ छ । बर्दिबास कार्यालयमा जिल्लाका बर्दिबास, गौशाला, औरही, भङ्गाहा र रामगोपालपुर एबं छिमेकको धनुषा जिल्लाको मिथिला नगरक्षेत्रका उपभोक्ताले बढी सेवा लिदै आएका यादव बताउनुहुन्छ ।