गोविन्द महतो / जनकपुरधाम
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देश र मधेश बनाउन बालेल मात्र सक्ने बताएका छन् । मधेशको राजधानी जनकपुरधामको ऐतिहासिक तीरहुतिया गाछी स्थित ‘परिवर्तन उदघोष’ सभामा रविले बालेनसँग भेट भएपछि आफूलाई अब देश बन्छ, भन्ने विश्वास भएको बताएका हुन् ।
उनले भने, ‘लामिछानेले बालेनसँगको भेटमा पाँच मिनेटभित्रै आफूहरु सँगै हिँड्न सक्छौं भन्ने यकिन भयो। बालेनसँग भेट भएको ५ पाँच मिनेटै थाहा थियो हामी सँगै हिँड्न सक्छौं । मलाई विश्वास थियो । की बालेनले देश बनाउँछ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह ‘बालेन’ ले पहिलो पटक मञ्चिय भाषणको सम्बोधन गर्दै मधेशको राजधानी जनकपुरधामको ऐतिहासिक तीरहुतिया गाछी स्थित ‘परिवर्तन उदघोष’ सभामा बालेनले मधेशीलाई प्रधानमन्त्री हैन, राम्रोलाई प्रधानमन्त्री बनाउन भोट गर्न आग्रह गरे ।
उनले भने, ‘मधेशको केटा आएको हुनाले मात्र घण्टी भोट नदिनुस्, मधेसिया पीएम बन्ने हुनाले मात्र घण्टीमा भोट नदिनुस्, सही व्यक्ति, सही समय र सही सरकार आउने भएकाले घण्टीमा भोट दिनुस् ।’
हजारौं समर्थकको भिडमा पहिलो पटक मञ्चिय भाषणलाई सम्बोधन गरेका बालेनले प्रदेशलाई अझै तागतवर बनाएर लाग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘प्रदेशको काम धारा जोड्ने–बनाउने हैन, पालिका जोड्ने हो । प्रदेशलाई अधिकार सम्पन्न बनाउन काठमाण्डौं अधिकार माग्न जानु पर्दैन, काठमाण्डौं त पशुपति, स्वयम्भु घुम्न पो जाने हो ।’
अधिकांस समय मैथिली भाषाको सम्बोन गरेका बालेनले काठमाण्डौं महानगरबाट कामबाट फूर्सद नहुँदा भाषा नदिएको तर अब फुर्सदमा भाषण दिईरहेको बताए ।
उनले भने, ‘पहिलो पटक फूर्सदमा छु । त्यसैले भाषण दिदैछु ।’ उनले काठमाण्डौंको मठ मन्दिर र पार्टी पौवा बनाएसरी जनकपुरधामको पोखरी र मन्दिर तथा भुमी बचाउन घण्टीमा मतदान गर्न आग्रह गरे ।

