नेपालवाणी डटकम

धनुषाधाम, माघ ।

धनुषाको निर्वाचन क्षेत्र न १ बाट नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डल मनोनयन दर्ता गराएका छन् । निवर्तमा सभामुख समेत रहेका मण्डलले धनुषाको निर्वाचन क्षेत्र न १ को निर्वाचन कार्यालय धनुषाधाम स्थित कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।

धनुषाको निर्वाचन क्षेत्र न १ स्थित धनुषाधाममा मनोनयन दर्ता गर्दै एमालेका नेता रामचन्द्र मण्डल ।

एमाले लेखा समिती सद्स्य लक्ष्मिनारायाण यादव प्रस्ताव र एमाले नेत्री सबिता यादवको समर्थनमा मनोनयन पत्र दर्ता गराएका हुन् ।
मण्डल यसअघी पनि धनुषाको क्षेत्र न १ (ख) बाट प्रदेशसभाको निर्वाचनमा दोश्रो पटक बिजयी हासिल गरेका थिए ।

उत्साहित एमालेका नेता तथा कर्याकर्ताहरु : तस्बिर – नेपालवाणी डटकम

यसअघि १०७९ को निर्वाचनमा नेकपा एमाले र २०७४ निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए । नेकपा बिभाजना हुदा एमाले रोजेका मण्ड्ल दोश्रो कार्यकालमा नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित भएका मण्डल सभामुख भएका थिए । तर हाल राजिनामा दिएर पुनः प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराएका हुन् ।

मण्डल माओवादीको सगठन निर्माणमा बलियो पकड जमाएका व्यक्ती हुन् । धनुषा १ मा एमालेको सगठनात्मक ढाचा सुदृढ रहेको एमाले पुर्व जिल्ला अध्यक्ष राजकिशोर यादवले दाबी गरे । मनोनयनको क्रममा उनिहरुले धनुषाधाम नगर परिक्रमा गरेका थिए ।


२०८२ माघ ६, मंगलवार १६:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय