चुनाव लोकतन्त्रको उत्सव र जनताको शक्ति प्रदर्शन हो । चुनाव जनताको आवाज, भविष्य र जिम्मेवारीको प्रतिक हो । यो केवल मत हाल्ने प्रक्रिया मात्र होइन, देशको भविष्य र जनताको जीवनस्तर सुधार्ने महत्वपूर्ण अवसर हो ।
चुनाव निष्पक्ष, पारदर्शी र भयमुक्त हुनुपर्छ । जनता डर र दबाब विना आफ्नो मत प्रयोग गर्न पाउनुपर्छ । सच्चा, इमान्दार र जिम्मेवार नेतृत्वको निर्वाचन भएकोले जसले देशको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र आम जनताको सुरक्षा सुनिश्चित गर्छ । त्यही नेतृत्वलाई जनताले मत मार्फत निर्वाचि गराउनुपर्छ ।
भ्रष्टाचार, सत्ता दुरुपयोग र व्यक्तिगत स्वार्थले भरिएको राजनीतिमा होइन, जनताको हित र दीगो विकासमा केन्द्रित नेतृत्व हामीले चाहन्छौं । मूल प्रश्न देश सुधार्नलाई युवा नेतृत्व आवश्यक छ ।
ममता कुमारी महतो
युवा नेत्री
नेपाल विद्यार्थी संघ, केन्द्रिय समिति

