नेपालवाणी डटकम
जनकपुरधाम, माघ ।
मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डललाई मातृशोक परेको छ । मण्डलकी आमा ८६ वर्षिया शीतली देवी मण्डलको काठमाण्डौंमा बुधवार दिनको ११ः३० मा मृत्यु भएको हो ।
निवर्तमान सभामुख मण्डलकै रेखदेखमा काठमाण्डौं स्थित कोठा भाडामा बस्दै आएकी मण्डललाई दाहसंस्कारका लागि काठमाण्डौंबाट जनकपुरधाम ल्याउने तयारी गरिएको उनका स्वकीय धिरेन्द्र कुमार मण्डलले जानकारी दिए ।
उनलाई धनुषाको मिथिलेश्वर मौवाही स्थित घरबाट हिन्दु परम्पराअनुसार अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरिर राखी विहिवार विहान १० बजे दाहसंस्कार गरिने भएको पारिवारिक श्रोतले जानकारी गराए ।
नितर्वमान सभामुख मण्डल मधेश प्रदेशसभा सदस्यबाट राजिनामा दिएर आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हामिएका छन् । मण्डलको आमाको मृत्युको खबरसंगै मण्डलले सम्पुर्ण चुनावी सभा तथा कार्यक्रमहरु स्थगित गरीएको छ ।

