अनिल कुमार साह
जनकपुरधाम, माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ धनुषा आउन लागेका छन् । चुनावी अभियानको क्रममा सिरहा हुँदै नेता बालेन्द्र शाह ‘बालेन’ धनुषा प्रवेश गर्ने कार्यक्रम तय भएको छ । सिरहा–धनुषाको कमला पुलमा धनुषा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रामविनोद यादवले स्वागत गर्ने तयारी गरेका हुन् ।
आसन्न निर्वाचनको धनुषा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बालेन्द्र शाह ‘बालेन’ले बालेनको लागि मतदातासंग मत माग्ने भएको उनका निकटत्तम श्रोतले जनाएको छ । सिरहा सदरमुकाम हुँदै धनुषा प्रवेश गर्न लागेको बालेनलाई धनुषा क्षेत्र २ का उम्मेदवार रामविनोद यादवले स्वागतको भव्य तयारी गरेको नेपालवाणी नेटवर्कलाई जानकारी दिए ।
उनले भने, ‘हाम्रो पार्टीको वरिष्ठ नेता वालेन्द्र आउँदै हुनुहुन्छ । हामीले वहाँलाई भव्य स्वागत गर्ने तयारी गरेका छौं । वहाँले हुलाकी सडक अन्तर्गत कमलाको पूलबाट हामीले स्वागत सहित कमला नगरपालिका हुँदै विदेह नगरपालिकाको तिनकौरिया, शहिद नगरपालिकाको यदुकूहा सहितको क्षेत्रमा रोड शोमा सहभागि हुने कार्यक्रम तय भएको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ आउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ताहरुमा थप उत्साह थपिने आँकलन गरिएको छ । बालेन्द्र साहको आवगमनमा नेता कार्यकर्ता भन्दा युवावर्गको बढडी आकर्षण देखिने गरेको छ ।
गत महिना बालेन्द्र शाहको जनकपुरधाम सम्बोधन सुन्न हजारौं व्यक्तिहरुको भिड ओर्लिएको थियो । बालेन साह धनुषाको ग्रामीण भेगमा पहिलो पटक आउने भएपछि त्यस क्षेत्रका स्थानीयबासीहरु उनलाई हेर्न उत्सुकता देखाईरहेका छन् ।
रास्वपाका उम्मेदवार यादवले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘हामी आउँदै छौं बालेनलाई लिएर तपाईकै घर आँगनमा ….आउनुहोस् राष्ट्रिय निर्माणको अभियानमा सहभागी हुनुहोस् ।’

