धनुषाको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह बालेन आउने भएपछि स्वागतका लागि तमतयार भएका उम्मेदवार रामविनोद यादव ।

नेपालवाणी डटकम
जनकपुरधाम, माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ मधेशको चुनावी दौडाहा निस्केका छन् । मधेशको पूर्वी जिल्ला सप्तरीबाट आफ्नो चुनावी दौडाहा सुरु गरेका बालेन्द्र साह बालेनले सप्तरीको सदरमुकाम राजविराजबाट आफ्नो चुनावी दौडाहा सुरु गरेका हुन् ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार कमलाको पूलबाट उम्मेदवार रामविनोद यादवले स्वागत सहित कमला नगरपालिका हुँदै विदेह नगरपालिकाको तिनकौरिया चौक, शहिद नगरपालिकाको यदुकूहा सहितको क्षेत्रमा रोड शोमा बालेनले सहभागि जनाए । बालेनले गाडीबाटै घण्टी हल्लाउँदै मुस्कुराउँदै समर्थकहरुको उत्साह बढाउँथे । रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारेपछि देश दौडाहामा केन्द्रित छन् । बालेन पुगेका अधिकांश जिल्लामा समर्थक र कार्यकर्ताको भिड लागेको छ ।

बालेनको हुलाकी सडक राजमार्ग अन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु भएको जनसम्पर्क तथा घण्टी अभिवादन अभियानलाई तीव्र पारेका हुन् । बालेन सप्तरी क्षेत्र नं. १ को सप्तकोशी हुँदै कञ्चनरुप गाउँपालिका, हनुमाननगर हुँदै राजविराज, डाक्नेश्वरी नगरपालिका भएर हुलाकी राजमार्ग बोदेबरसाईन, भगवानपुर, नवराजपुर, वरियारपट्टी हुँदै सिरहा प्रवेश गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति बेला देश दौडाहामा छन् । आउँदो आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति दुई शीर्ष नेताले विभिन्न क्षेत्रमा पुगेर जनसम्पर्क तथा घण्टी अभिवादन अभियानलाई तीव्र पारेको हो ।


यसैगरी सिरहा जिल्लाको सुखीपुर औरही चौक,, गोलबजार, चोहर्वा, मिर्चैया, कल्याणपुर र सिरहा सदरमुकाम सिरहा बजार पुगेका थिए । सो क्रममा उनलाई सो क्षेत्रका उम्मेदवारहरुले भव्य स्वागत गरेका थिए भने बालेनले घण्टी बजाएरको समर्थकहरुसंग मुस्कुराउँदै अघि बढे । प्रायः उनी कहीँ पनि रोकिदैनथे । समर्थकलाई घण्टी बजाएर अगाडी लम्किहाल्थे । सिरहा र धनुषाको कमल पुरबाट धनुषा क्षेत्र नं. २ का उम्मेदवार रामविनोद यादवले स्वागत गरेका थिए ।

धनुषाको क्षेत्र नं. १ को धनुषाधाम बजार हुँदै तारापट्टी हुँदै जनकपुरधाम प्रवेश गरेका उनी धनुषाको क्षेत्र नं. ३ को नगराईन सम्म पुगेका थिए । सो क्रममा सम्भव भएसम्म देशका सबै निर्वाचन क्षेत्रमा पुग्ने तयारी छ । “सम्भव भएसम्म देशभरका सबै निर्वाचन क्षेत्रमा दुई शीर्ष नेताहरु पुग्ने भन्ने छ,” प्रवक्ता मनिष झाले भने, ‘यसबीच सार्वजनिक कार्यक्रम पनि हुन्छन् । पार्टीका बाचा पत्रलगायत विषय पनि आउँछन् ।’

बालेनले जनकपुरधाम हुँदै महोत्तरीको जलेश्वर बजार परिक्रमा सहित जलेश्वरनाथलाई गाडीबाटै शिर निहुँ¥याएर अघि बढे । सो क्रममा बालेन आफ्नो पैतृक घर महोत्तरीको एकडारा गाउँपालिका हुँदै रामगोपालपुर नगरपालिका भएर बलवा नगरपालिका सरपल्लो हुँदै हाथिलेट बर्दिबास गएर विश्रामको कार्यक्रम राखिएको जनाएको छ ।


२०८२ माघ २७, मंगलवार २०:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय