नेपालवाणी नेटवर्क
जनकपुरधाम, फाल्गुन ।


धनुषा क्षेत्र नं. २ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामविनोद यादवले चुनावी गतिविधिलाई तिव्रता दिएका छन् । धनुषा २ मा निर्वाचनको महोल रास्वपामय भएको उम्मेदवार यादवले दाबी समेत गरेका छन् । धनुषाको विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाको घरदैलोको क्रममा उम्मेदवार रामविनोद यादवले धनुषा २ रास्वपामय भएको बताएका हुन् ।


चुनावी अभियानको क्रममा सम्बोधन गर्दै उम्मेदवार यादवले धनुषा २ मा वर्षौदेखि यहाँबाट जितेर गएका उम्मेदवारहरुले एउटा सिन्का समेत भाँचन नसकेको आरोप लगाउँदैअ अब जनता सचेत भई घण्टी छापको पक्षमा खुलेको देख्दा मन हर्षित हुने गरेको बताए । उनले भने, ‘बालेनलाई जिताउनुछ भने मलाई जिताउनुस् । बालेनलाई प्रधानमन्त्री बन्न बहुमत चाहिन्छ । जसको १ सिट म पुरा गर्न सक्छु त्यसैले बालेनलाई ५ वर्षको प्रधानमन्त्री बनाउन मलाई जिताउनैपर्छ ।’


उनले जनताको अपेक्षा अनुसार नै काम गर्न धनुषा २ मा उम्मेदवारी दर्ता गराएको बताउँदै यहाँको स्वास्थ्य, शिक्षा, सिंचाई, सडक निर्माण पहिलो प्राथमिकता हुने समेत बताए । उम्मेदवार यादवले धनुषा २ का जनताले पुराना दलको विकासको काम गराई र भनाई हेरी सकेको र यस वर्ष सबैले घण्टीमा मतदान गरेर देशभरबाट जिताउने विश्वास व्यक्त गरे ।


२०८२ फाल्गुन १, शुक्रबार १६:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय