नेपालवाणी नेटवर्क
जनकपुरधाम, चैत्र ।

जिल्ला आर्थिक गणनाका स्थलगत तथ्यांक संकलनमा सहजीकरणको उद्देश्य सहित धनुषामा गणक/सुपरिवेक्षकको तालिम सुरु भएको छ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासाथ राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्वतयारी स्वरुप गणक/सुपरिवेक्षकहरुको लागि गणना सिहजीकरण तालिम सुरु भएको हो ।


राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रविधिमैत्री र विश्वसनीय बनाउने लक्ष्यका साथ राष्ट्रिय तथ्यांक कार्यालयले जिल्ला जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गरी गणक/सुपरिवेक्षकलाई तालिम दिएको जनाएको छ । तालिममा २०७५ सालको आर्थिक गणना अनुभवलाई पूर्णरुपमा सदुपयोग गर्दै आगामी गणनालाई सफल पार्नुपर्ने दायित्व सरकार देखि आम नागरिक सम्म सबैमा तथ्याङ्क कार्यालयका प्रमुख शिवनारायण महतोले बताए ।

उनले नेपालवाणी नेटवर्कसंग कुरा गर्दै भने, ‘यस पटक गणनामा आधुनिक प्रविधि प्रयोग स्वरुप ई–गणनालाई समेत समावेश गरिएको छ । जसले कार्यक्षमता र शुद्धता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । प्रशिक्षणमा उच्चस्तरको जवाफदेहिता र विषयवस्तुको सही बुझाइ हुनुपर्नेमा जोड दिइएको छ ।’

सहभागीलाई प्रशिक्षण सामग्री बुझाइमा देशभरि एकरुपता ल्याउन र प्रभावकारी ढंगमा तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख महतोको भनाई छ । डियुटी आवरमा काम गर्न जादा फिल्डमा आउन सक्ने समस्या पहिचान, समाधान उपाय र सक्रिय सहभागिताका लागि गणक/सुपरिवेक्षकको तालिम सुरु गरिएको शिवनारायण महतोले जनाए । तथ्यांकको गुणस्तर तालिम गुणस्तरमा भरपर्ने भएकाले सबैले यसलाई गम्भीरता साथ लिन आग्रह गरिएको छ ।


२०८२ चैत्र २७, शुक्रबार ०९:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय