भूमिका उपाध्याय,
महाेत्तरी, १६ असार ।
मुलुककै जेठाे मानिने महाेत्तरीकाे मटिहानी-७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय(गुरुकुल)का  वटुक (विद्यार्थी) लाई पाेसाक प्रदान गरिएकाे छ ।

गुरुकुलका पूर्वविद्यार्थी विष्णु पराजुली र मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्य (उपप्राध्यापक) वैदिक सितारा पाैडेलबाट प्राप्त  सहयाेगबाट छात्राबासका ४० जना वटुकलाई पाेसाक वितरण गरिएकाे हाे ।

वटुकलाई गुरुकुलकाे नाउँ र प्रतिक चिन्ह अङ्कित ट्य्राकसुट र धाेती प्रदान गरिएकाे छ । आज मङ्गलबार गुरुकुल परिसरमा आयोजित एक समारोहबीच मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल , गुरुकुलका पूर्वप्रधानाध्यापक अमिरीलाल मण्डल र प्रधानाध्यापक ईश्वरी पाैडेलले दाताबाट प्राप्त पाेसाक वटुकहरुलाई प्रदान गर्नुभएकाे हाे ।
संस्कृत पढ्न टाढाटाढाबाट आएका वटुकले याे सहयाेगले निकै सहज भएकाे बताएका छन् ।

वटुककाे पाेसाकका लागि पूर्वविद्यार्थी पराजुलीबाट रु. ५० हजार नगद र उपप्राध्यापक पाैडेलबाट ४० थान धाेती प्राप्त भएकाे गुरुकुलले जनाएकाे छ ।

 


२०८३ असार १६, मंगलवार १६:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय