अनिल कुमार साह
जनकपुरधाम, श्रावण ।

जनकपुरमा आन्दोलन उग्ररुप लिएपछि कफ्यु आदेश जारी गरिएको छ । सुनसरी घटनाको विरोधमा जनकपुरधाम तनावग्रस्त बनेपछि धनुषा जिल्ला सुरक्षा समन्वयन समितिको बैठकबाट जनकपुरधाम सहित आसपासको क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो ।

सुनसरीको देवानगञ्जमा हिन्दुहरुमाथि भएको हमलामा दुई जनाको मृत्युपछि भएको विरोधमा जनकपुरधामको बजार बन्द गर्दै आन्दोलनकारीहरु बजारमा आन्दोलन र प्रदर्शन गरिरहेको थियो । आन्दोलनकारी र प्रहरी बीच जनकपुरधामको रामानन्द चोक, पिडारी चोक, बजरंग चोक, शिवचोक, जनकचोक लगायतका ठाउँ–ठाउँमा दोहोरो झडप भएको छ । झडपको क्रममा सुरक्षाकर्मीले भिडलाई तितरवित्तर गर्न दजर्नौ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनको क्रममा हालसम्म ९ जना सशस्त्र प्रहरीलाई आन्दोलनकारीले हानेको ढुङ्गाले घाईते भएका छन् । सशस्त्र प्रहरी निरिक्षक कमलेश सिंह सहित अन्य घाईते भएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार धनुषा जिल्लाको जनकपुरधाम उप–महानगरपालिका सहित चारकिल्ला उत्तरमा लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया गाउँपालिका–७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवा सम्म कफ्यु जारी गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलका अनुसार बेलौनी रोड– एम.क्यू.स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडक देखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म र दक्षिणमा नगराईन नगरपालिका देखि नगराईन चोक सम्म कफ्यु आदेश जारी गरेको हो ।

पश्चिम – सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी– इस्कोन जनकपुर–दुधमती पुल, बेला, कादरी मस्जिद सम्म कफ्र्यू आदेश जारी गरिएको जानकारी दिए ।


२०८३ श्रावण १४, बिहीबार २१:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय