काठमाडौं : नेकपा  (एमाले)का अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै  पदाधिकारीलाई हटाउने निर्णय गरेका छन्। शुक्रबार ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका हुन्।

बालुवाटारमा बसेको बसेको ओली समूहको केन्द्रीय समिति बैठकले २०७८ साल मंसिर  २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी ओलीले माओवादी केन्द्रका २२ नेतालाई एमाले केन्द्रीय सदस्यमा मनोनित गरेका गृहमन्त्रीसमेत रहेका बादल सहितका २२ नेतालाई ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।

त्यसैगरी ओलीले पर्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएका छन्।  केही विभागीय प्रमुखको जिम्मेवारीसमेत हेरफेर भएको छ। स्कुल विभाग प्रमुख अध्यक्ष ओली बनेका छन्। संगठन विभाग प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिइएको छ भने विदेश विभाग प्रमुख डा.राजन भट्टराई बनेका छन्।

सँगै ओलीले सम्पर्क कमिटीको जिम्मेवारीसमेत हेरफेर गरेका छन्।  कोष तथा आर्थिक विभाग प्रमुख छविलाल विश्वकर्मा,  संसदीय विभाग प्रमुख सुवास नेम्वाङ, निर्वाचन विभाग प्रमुख विष्णु रिमाल बनेका छन्।  बैठकले विधानमा आवश्यक संशोधनसमेत गरेको छ।

ओलीले प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारीसमेत हेरफेर गरेका छन्। सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेताले पाएका छन्।

अष्टलक्ष्मी शाक्यलाई हटाएर ओलीले रामबहादुर थापा  ‘बादल’लाई  बागमती प्रदेश इन्चार्ज  बनाएका छन् भने सूदुरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई  प्रदेश इन्चार्ज बनाएका छन्।

प्रदेश १ को इन्चार्ज सुवास नेम्वाङ, अध्यक्ष देवराज घिमिरे र सचिव विनोद ढकाल बनेका छन्।

त्यसैगरी प्रदेश २ को इन्चार्ज सत्यनारायण मण्डल बनेका छन् भने अध्यक्ष प्रभु शाह बनेका छन्। सचिवको जिम्मेवारी सुमन प्याकुरेललाई दिइएको छ।

बागमती प्रदेशको इन्चार्ज रामबहादुर थापा ‘बादल’, अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनी बनेका छन्। गण्डकी प्रदेशको इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, इन्चार्ज जगत विश्वकर्मा र सचिव भूमी त्रिपाठी बनेका छन्।

लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेल, अध्यक्ष लीला गिरी र सचिव खेममान खड्का बनेका छन्। कर्णाली प्रदेशको इन्चार्ज कमलाल कँडेल बनेका छन् भने अध्यक्षको जिम्मेवारी गुलाबजंग शाह र सचिव धर्मराज रेग्मी बनेका छन्।

सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट बन्दा अध्यक्षको कर्ण थापा र सचिव राजेन्द्रसिंह रावल बनेका छन्।

२०७७ फाल्गुन २९, शनिबार ०९:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय