
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सवारी चेकजाँचमा कडाइ गरेको छ । होलीमा अवाञ्छित गतिविधि नहुन दिन र कोरोनाबाट सतर्कता अपनाउन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्याम अधिकारीले जानकारी दिए । काठमाडौं उपत्यकामा ८ सयभन्दा बढी प्रहरी परिचालन गरेको उनले बताए ।