काठमाडौ : नेपालमा आज ४ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रमित संख्या थपिएको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएकासँगै कुल संक्रमित ५ हजार ७ सय ६० जना पुगेको जानकारी दिएका हुन् । यसैगरी, आज थप एकजनाको मृत्यु पुष्टि भएको छ । गुल्मीका एकजना क्यान्सर संक्रमितको कोरोना संक्रमणपछि मृत्यु भएको हो । योसँगै कुल मृतकको संख्या १९ पुगेको छ ।

रुकुम पूर्वसहित ७३ जिल्लामा संक्रमित भएका छन् । अब ४ जिल्लामा मात्र संक्रमित भेटिएका छैनन् ।

२०७७ जेष्ठ ३२, आईतवार १६:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय