
काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ८० लाख नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार पुगेको छ ।
वल्डोमिटर्सका अनुसार कुल संक्रमित ७९ लाख ८२ हजार पुगेको छ । निको हुनेको संख्या ४१ लाख छ । संक्रमितमध्ये आधाभन्दा बढी मानिस निको भइसकेका छन् ।
सबैभन्दा बढी अमेरिकामा २१ लाख ६१ हजार संक्रमित भइसकेका छन् । त्यहाँ एक लाख १७ हजारको मृत्यु भइसकेको छ ।
ब्राजिलमा ८ लाख ६७ हजार संक्रमितमध्ये ४३ हजारको मृत्यु भइसकेको छ रुसमा ५ लाख २८ हजार संक्रमितमध्ये ६ हजार ९ सयको मृत्यु भएको छ ।संक्रमित रहेका मुलुकमध्ये चौंथो स्थानको भारतमा ३ लाख ३३ हजार संक्रमितमध्ये ९ हजार ५ सयको मृत्यु भइसकेको छ ।