
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालय बबरमहलमा सहिदको फोटो माथि फुलमाला अर्पण गर्दै पार्टीको झण्डोतोलन सहित विधिवत कार्यालय संचालन गरिएको छ ।
निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको लोसपाले शुक्रबार बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा झण्डोत्तोलन गरेको छ ।
झण्डत्तोलन कार्यक्रममा पार्टीका अध्यक्ष महन्थ ठाकृर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्यहरु जितेन्द्र सोनल, उमाशंकर अरगरिया, सर्वेन्द्रनाथ शुक्ला, अकवाल अहमद लगायतका नेता तथा कार्यकर्ताको उपस्थित थियो ।