डोटी : दुई दिनदेखि लगातार परेको वर्षाले पहिरो आउँदा जिल्लाको बुडर–जोरायल सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ विछल खोलामा आज बिहान पहिराले उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको हो ।

पहिराका कारण छहरा (झरना) हेर्नका लागि तराईबाट आएका सयौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेको स्थानीयवासी डम्बर बोहराले जानकारी दिनुभयो । उक्त सडक सञ्चालनका लागि दुई वटा जेसिबि मेसिन प्रयोग गरिएको भएपनि वर्षा नरोकिएकाले सडक चलाउन नसकिएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । बुडर जोरायल सडकका विभिन्न ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको जोरायल गाउँपालिका–२ पात्ताडाका स्थानीय रोहित बोहराले बताउनुभयो ।

२०७८ भाद्र ११, शुक्रबार १९:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय