जनकपुरधाम : अपाङ्गता भएका व्यक्तिहरुहरुलाई कोरोना (कोभिड-१९) जोखिमबाट बचाउन अगुवा स्वास्थ्यकर्मीलाई जनकपुरधाममा तालिम दिईएको छ । नेपाल अपाङ्ग महासंघ नेपालले “हामीलाई पनि समावेश गर” कार्यक्रम अन्तर्गत आयोजना गरेको तालिममा अपाङ्गता भएका ब्यक्तिहरुको समावेशी सिद्धान्तलाई आत्मसाथ गरेर अगाडी बढनुपर्ने जोड दिईएको छ ।

कोरोना (कोभिड-१९) महामारीको अग्रपक्तिमा खटिएका प्रतिकार्यका लागि खटिएका स्वास्थ्यकर्मीहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक आर्थिक अबस्था अन्य व्यक्तिहरुको तुलनामा कमजोर हुने भएकोले उनीहरुलाई सक्दो सहयोग पुर्‍याउनुपर्नेमा जोड दिईन् । कार्यक्रममा परियोजना प्रमुख सम्झना राईले अपाङ्गता भित्र पनि बौद्धिक, अटिजम, मनोसामाजिक, श्रवण दृष्टिविहिन भएका ब्यक्तिहरु समाजमा देखिन नसकेकोले उनीहरु समान अवसर प्रदान गर्नुपर्नेमा जोड दिईन् । उनले भनिन, ‘अपाङ्गता भएका ब्यक्तिहरुको विगतमा अवस्थामा पहिचानमा बृद्धि भएपनि अन्य दुरदराजमा अहिले पनि घर परिवारबाट बाहिर आउन सकेका छैनन, उनीहरुको अवस्था अझ कमजोर रहेको छ, त्यसैले उनीहरुलाई हामीले समान अवसर र थप सेवासुविधान दिनुपर्नछ ।’

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कार्यक्रम अधिकृत सञ्जय पासमानले भौतिक पूर्वाधार निर्माण गर्दा हरेक सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले अपाङ्ग मैत्री पूर्वाधार निर्माण जोड दिनुपर्ने बताए । उनले खण्डीकृत तथ्याकं, बिशिष्ठिकृत अध्ययन अनुसन्धान, गरि उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगार स्वरोजगारमा पहुँच अभिबृद्धि गर्दै, सामाजिक, राजनैतिक र आर्थिक अवस्थामा परिवर्तन गर्नु आजको आवश्यकता रहेकोमा जोड दिए ।
जनकपुरधाम उप-महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा. रामकृष्ण साहले अपाङ्गता स्वास्थ्य सेवा सम्बन्धी राष्ट्रिय निर्देशिक र अन्य कानूनी व्यवस्थाहरुको बारे जानकारी दिएका थिए । कार्यक्रमा बिभिन्न अन्तरािष्ट्रय सन्धि सम्झौता सहित कोभिड प्रतिकार्यमा स्वास्थ्यकर्मीहरुले हरेक प्रकारको अपाङ्गता भएका व्यक्तिहरुको शारिरीक, मानसिक तथा बौद्धिकतामा ध्यान दिएर स्वास्थ्यपचोर गर्नुपर्नेमा जोड दिए ।

disability_nepalvani (1)

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रदेश २ अध्यक्ष किरण पासमानको अध्यक्षतामा भएको कार्यक्रममा नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा कुल जनसंख्याको १.९४ प्रतिशत अपाङ्गता भएका ब्यक्तिहरु रहेको तथ्याङ्ग प्रस्तुत गरिएको छ । एक अध्ययन अनुसार अन्य ब्यक्तिको तुलनामा अपाङ्गता भएका ब्यक्तिको बेरोजगारी दर उल्लेख्य र आय निकै कम रहेको छ । अपाङ्गता नभएका व्यक्तिको तुलनामा अपाङ्गता भएका व्यक्तिको सेवामा पहुँचको दुरी वा खाडल ७०५ देखि ९०५ रहेको छ । सहायक सामग्रीमा न्युन पहुँच छ । अर्थात प्रत्येक ८ जनामा १ जनाले मात्र सहायक सामग्री पाउछन् ।

प्रयोजना अधिकृत सुष्मा भट्टले अपाङ्गता सम्बन्धी पहिलो पटक सुत्र प्रतिपादित गरेकी छिन् । भट्टले सुत्र (फरमुल्ला)सार्वजनिक गर्दै भनिन, ‘हामीले एउटा यस्तो सुत्र तयार गरेका छौं, जुन हाम्रो मनमष्तिकमा होस् जस्तै : अब हेमाको दृष्टिकोणमा शारीरिक सु-स्वास्थ्यका लागि श्रम र बौद्धिकताको आवश्यकता छ ।’ उनले यो फरमुला पहिलो पटक उत्पादित गरिएको दाबी गर्दै यसले अपाङ्गतालाई बुझन र सम्झन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । भट्टको सुत्र अपाङ्गता भएका व्यक्ति तथा काम गर्ने प्रदेश २ का बिभिन्न सेवाप्रदायक संघ संस्थाहरुबाट समेत स्विकृत भैसकेको छ । सुत्रलाई आगामी दिनमा प्रदेश २ मात्र नभई अन्य प्रदेश र देशमै समेत मान्यता लिने प्रक्रिया अगाडी बढाईने भट्टले जनाईन् ।

नेपालको संविधान, २०७२ ले अपाङ्गता भएका ब्यक्तिका बारेमा सिआरपिडीको भावनाको अनुसार प्रतिनिधित्व र सहभागितामा जोड दिन कोशिश गरे पनि सो संविधानको कार्यान्वयनका लागि बनेका कतिपय ऐनहरुमा अपाङ्गताको सवालमा खुम्चिएको वक्ताहरुको भनाई थियो ।

२०७८ भाद्र ११, शुक्रबार २०:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय