किसन साह,
सर्लाही : आइतबार चन्द्रनगर गाउँपालिका-६ बस्ने अन्दाजी ५० बर्षका नागेश्वर मण्डलको आफ्नै घरमा रहेको चापाकलबाट मोटर चलाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।

पानी तान्ने क्रममा मोटर जडान भएको चापाकलबाट करेन्ट लागेर गम्भीर घाइते भएका मण्डललाई तत्काल जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको थियो ।अस्पताल पुर्‍याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

पानी तान्ने मोटरबाट करेन्ट लिक भएको चापाकल चलाउन खोज्दा मण्डललाई करेन्ट लागको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतक मण्डलको शव परीक्षणको लागि जिल्ला अस्पतालमा राखिएको छ ।घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ भाद्र १३, आईतवार २०:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय