काठमाडौं : श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा चिप्लिएको छ।

त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा चिप्लिएर घाँसतिर पुगेको हो ।

पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको विमानस्थलले जनाएको छ । जहाजमा भने कुनै क्षति भएको छैन।

shree_airlines_jahaj

जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ ।

२०७८ आश्विन १९, मंगलवार ११:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय