महोत्तरी : महोत्तरीको गौशालामा देउसी खेल्न गएका एक युवकको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका-४ रजखोर बस्ने २२ वर्षीय अजय राना रहेकाे प्रहरीले जनाएको छ ।

करिब २० जनाकाे एक समुह शनिबार साँझ देउसीभैली खेल्न ट्रयाक्टरमा बसेर रजखोर देखी रामनगर तर्फ जाने क्रममा ट्रयाक्टरबाट लडेर राना गम्भीर घाईते भएका थिए ।

टाउकोमा चोट लागेर गम्भिर घाईते भएका रानालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र उपचार कै क्रममा राती निधन भएको प्रहरीले जनाएको छ ।

२०७८ कार्तिक २१, आईतवार १२:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय