
जनकपुरधाम : भारतबाट कमला स्नान गर्न आएका भारतिय श्रद्धालु बोकेको एक ट्र्याकटर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । धनुषा स्थित कमला नदीमा कात्तिक स्नान गर्न आएका श्रद्धालु भक्तजन बोकेको ट्रयाक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छ्न ।
मृत्यू हुनेमा अन्दाजी बर्ष ४५ को रामदयाल राय र अमृता देवी रहेको प्रहरी चौकी तिनकोरियाले जनाएको छ । मृतक दुवै जना भारतको बिहार राज्य सीतामढी बेलाका बासिन्दा थिए । दुनै जनाको उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
धनुषाको विदेह नगरपालिका ७ बेलापट्टी स्थित भारतीय दर्शनार्थी बोकेर कमलामा भूत मेला हेर्न जाने क्रममा ट्याक्टर दुर्घटना भएको हो ।
सिमावर्ती क्षेत्रबाट पूर्णिमाको कमला नदीमा नुहाउन जान लागेको बेला दुर्घटना भएको हो। बिहीबार पौने चार बजे ज अ प म २०७ नम्बरको ट्याक्टर पल्टिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जनाए ।
उनका अनुसार ओभरटेक गर्ने क्रममा ट्याक्टर दुर्घटना भएको हो ।
सम्बन्धित समाचार
ट्रयाक्टर दुर्घटना हुँदा २३ जना घाईते, दुईको अवस्था गम्भीर