
जनकपुरधाम, कार्तिक ६ ।
जनकपुरधाम उप–महानगरपालिका मेयरको कार्यकक्षमा तालाबन्दी गरिएको छ । सफाई बिना दुर्गन्धित बनेको जनकपुरधाम उप–महानगरपालिकाको सफाईको कर्मचारीलाई काममा लाग्न आग्रह गर्न गएका वडाध्यक्षलाई दुव्र्यवहार गरेपछि वडाध्यक्षहरु मिलेर मेयरको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुदर्शन सिंहले सफाईको जिम्मा पाएका कर्मचारीलाई सफाईमा लाग्न आग्रह गरेपछिसफाइ कर्मचारीले गालीगलौज गरेको वडाध्यक्ष सिंहको आरोप छ । गालीगलौजपछि वडाध्यक्षहरु जम्मा भएर नगर प्रमुख लालकिशोर साह र सफाई कर्मचारी विरुद्ध नारावाजी गर्दै वडाध्यक्षहरुले तालाबन्दी गरेका हुन् ।
वडाध्यक्ष सिंहले भने, ‘मेरो वडामा गाई मरेको रहेछ, त्यसलाई हटाउन सफाइ कर्मचारीलाई आग्रह गरे तर मरेको गाई हटाउनुको साटो मलाई नै दुव्र्यवहार सहित गालीगलौज गरियो । सञ्चय कोषको कार्यालय नजिक छाडा गाई मरेको अवस्थामा सफाइ कर्मचारीलाई आएर गाई उठाईदिन आग्रह गर्दा फोनमै फोनमै गाली ग¥यो । कार्यालयमा आउँदा त झन मसँग नै दुव्र्यहार भयो ।’
वडाध्यक्ष सिंहले नगर प्रमुख लालकिशोर साहको इशारामा सफाइ कर्मचारीले जनप्रतिनिधिलाई पटक–पटक दुव्र्यवहार गर्ने गरेको आरोप लगाए । उनले सरसफाईमा अनिश्चितता देखिएपछि आफुहरुले बाध्य भएर ताला हानेको बताए ।
अर्को वडाध्यक्ष जानकीराम साहले सफाईको लागि नै उप–महानगरपालिकामा ताला लगाएको बताए । उनले सफाईको लागि पाँच महिना अघि हस्ताक्षर सहित निवेदन दिएको र त्यसमा कुनै सुनुवाई नभएपछि तथा सफाइको लागि ट्रयाक्टर माग्दा कर्मचारीहरुबाट दुव्र्यवहार भएपछि तालाबन्दी गरिएको बताए ।
तालाबन्दी गर्नका लागि जनकपुरधाम उपमहानगर १ का वडाध्यक्ष शत्रुधन साह, ३ का वडाध्यक्ष दीपेन्द्र साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह, ७ का वडाध्यक्ष जानकीराम साह लगायत पुगेका थिए । वडाध्यक्षले तालाबन्दी पछि नगर प्रमुख लालकिशोर साह विरुद्ध नारावाजी गरेका थिए । ‘भ्रष्टाचारी मेयर मुर्दाबाद, सफाइ कर्मचारी मुर्दाबाद, जनकपुरलाई सफा गर, करारको कर्मचारीलाई खारिज गर लगायतका नारा लगाएका थिए ।