काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले सकेसम्म यही साता नतिजा प्रकाशित गर्नेगरी काम भइरहेको बताए ।
‘हामी नतिजा निकाल्ने अन्तिम चरणमा छौँ । सम्भवत: यही साताको अन्तिमतिर नतिजा आउँछ’, उनले भने, ‘नभए अर्को साताको सुरुवाती दिनमा त नतिजा आइनै हाल्छ । हामी सोहीअनुसार काम गरिरहेका छौँ ।’
कक्षा १२ को परीक्षा ३० भदौदेखि ८ असोजसम्म चलेको थियो । कोरोना माहामारीका कारण पढ्नै नपाए पनि विद्यार्थीहरुले परीक्षा दिनुपरेको छ ।

