जनकपुरधाम : जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतवार धनुषयज्ञ विधि सम्पन्न गरिएको छ।

त्रेता यूगमा तत्कालिन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा अनुसार भएको धनुष यज्ञ भएको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ।

धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र लक्ष्मण सहभागी भएर भगवान रामले भगवान शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउदा तीन टुक्रा भएको थियो। त्यस पश्चात मात्रै माता सीताको विवाह भगवानसँग भएको वाल्मिकी रामायणमा उल्लेख छ।

dhanus_yag_nepalvani_bibah_panchmi71

जानकी मन्दिरको परिसरमा धनुष यज्ञ विधि सम्पन्न गरिएको मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए। विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन फुलबारी लिला सम्पन्न भइसकेको छ।

dhanus_yag_nepalvani_bibah_panchmi71

चौथो दिन मंसिर २० गते तिल्कोत्सव, मंसिर २१ गते मटकोर रहेको छ भने मंसिर २२ गते विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको जानकी मन्दिरका महन्थ वैष्णवले बताए। मंसिर २३ रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ।

 

dhanus_yag_nepalvani_bibah_panchmi71

२०७८ मंसिर १९, आईतवार २१:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय