जनकपुरधाम : सीता–राम विवाहपञ्चमी महोत्सव अन्तर्गत पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ।

सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी अन्तर्गत मंगलबार जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित विहेको वेदी बनाउन जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए ।

bibah_panchmi_matkor_nepalvani1_विवाहपञ्चमी महोत्सव3

मटकोर विधिको क्रममा लगिएको माटोबाट सीताराम विवाहका लागि मडवा निर्माण गरिने छ । पोखरीबाट जानकी मन्दिर भित्रियाइएको माटोले सीताराम विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ।

मटकोरको क्रममा सेभ हिस्टोरिकल जनकपुरधामले प्रत्येक दिन आयोजना गर्ने गंगा आरतीको समेत आयोजना गरेको थियो । सो अवसरमा हजारौँ श्रद्धालुभक्तजनको सहभागिता रहेको थियो ।

bibah_panchmi_matkor_nepalvani1_विवाहपञ्चमी महोत्सव3

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ ।

महोत्सवको छैठौँ दिन स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन बिहिबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।

bibah_panchmi_matkor_nepalvani1_विवाहपञ्चमी महोत्सव3

२०७८ मंसिर २१, मंगलवार २१:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय