
नेपालवाणी / मंसिर २२ ।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज राम जानकी सप्ताहव्यापी विवाह पञ्चमीमा आयुर्वेद निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नेपाल तथा भारतबाट आएका लाखौं श्रद्धालुभक्तजनहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी सप्ताहव्यापी विवाहपञ्चमीको अवसमा निःशुल्क स्वास्थ्य शिविर सचालन गरिएको हो ।
आयुर्वेद स्वास्थ्यकर्मीहरुको समाज नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज जिल्ला कार्य समिति धनुषाले महोत्सवमा सहभागि हुन आएका श्रद्धालुहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको समाजका केन्द्रिय सदस्य भोला महतोले जानकारी दिए ।
निःशुल्क स्वास्थ्य शिविर मुख्यतयाः विवाह पञ्चमी महोत्सवको मुख्य दिन स्वयम्बरको भिडभाड अत्यधिक हुने भएकोले सामान्य चोटपटक तथा बिरामी भएका आगन्तुकहरुलाई सेवा प्रदान गरिरहेको महतोले जानकारी दिए ।