पुरन रौनियार,
जनकपुरधाम : एकैनाशको कुर्ता सरवाल र वैवाहिक माला लगाएर दर्जनौ युवाहरुको हुल जनकपुरधाममा घुमिरका थिए ।

दुईदुईजना गरि विवाहको रथमा चढेका उनीहरु वास्तवमै सबैजना बेहुला नै रहेछन् । डिहवार थान देखि जानकी मन्दिर र रामन्दिर सहितका मठ मन्दिरहरुमा दर्शन र सलामी दिन पनि सामुहिक रुपमै गएका उनीहरु २२ जनाको आज एकै दिन विवाह पो रहेछन् ।

प्राचिन मिथिलाको राजधानी जनकपुरधामलाई म्यारेज डेस्टिनेशनको रुपमा प्रचार प्रसार गर्न र दहेज प्रथा सहित तराई मधेश र मिथिलाको विवाहमा हुने अध्याधिक खर्च नियन्त्रणका लागि सामुहिक विवाहको अभियान थालिएको छ ।

यि एकै प्रकारका बेहुलाको पोशाकमा सजिएका युवकहरुको हुलमा वास्तवमै बेहुलाहरु नै हुन । हामी समान्यतया एउटा विवाहमा एक बेहुला र एक बेहुली मात्र देख्ने गर्छौ तर जनकपुरधाममा एउटै मञ्चमा ३१ जोडी युवा युवतीको विवाह सम्पन्न भएको हो ।

सामुहिक विवाहका आयोजक बिश्व हुन्दु परिषद नेपालले ५१ जोडी लक्ष्य लिइएपनि २२ जोडी युवायुवतीहरु सम्पर्कमा आएपछि उनीहरुको सामुहिक विवाह गरिएको परिषदका महासचिव जितेन्द्र सिंहले बताए । भगवान रामजानकीको विवाह सम्पन्न भएको भोली पल्ट जानकी मन्दिरको प्राङ्गणमा रहेको सोहि मञ्च र मण्डपमा सो २२ जोडीको स्वयंवर र विवाह भएको दृश्य स्थानिय र दर्शनालुहरुका लागि रोचक थियो ।

married-2

सामुहिक विवाह अभियानले जनकपुरधामलाई बिश्वमै उतकृष्ट एवं उतम वैवाहिक गनतब्यका रुपमा प्रचार प्रसार हुने, तराई मधेशको दहेज प्रथा उन्मुलन हुने र हिन्दु धर्म माथी लाग्ने गरेको छुवाछुतको गलत आरोपलाई स्पष्ट गर्ने आयोजक परिषदको तर्क छ ।

सामुहिक विवाहमा अन्तरजातिय जोडी, मधेशी र पहाडी अनुहारका जोडीहरु त थिए नै उनका माता पिता सहित पारिवारिका अन्य सदस्यहरु समेतको उपस्थितीले विवाहलाई मंगलमय र उत्साहित बनाइरहेको थियो ।

बेहुली मध्येकी सृजना रजक र निरा कुमारी रायले माता जानकीको विवाह भएको मञ्च र मण्डपमा आफुहरु विवाह गर्न पाउँदा औधी खुसी लागेको बताइन । उनीहरुले आफुहरु अन्तर जातिय विवाह समेत गरेको बताइन । बेहुला बेहुलीका लागि परिषदले विवाहमा आवयश्क सबै समानहरु समेत व्यवस्था गरिदिएको छ । बेहुलीलाई बस्त्र, मंगलसुत्र देखि बेहुलालाई पनि कपडा र ओछयानका सरसमानहरु समेत परिषदको तर्फबाट प्रदान गरिएको छ ।

बेहुला रामु राणा मगर सहितका युवाहरु परिषदको अभियानलाई सराहनीय बताउछन् । प्रत्येक एक जोडीमा ५१ हजार खर्च भएकोमा बेहुला र बेहुली दुवैपक्षका २५/२५ जनाको सहभागिता हुने गरि उनीहरुको खाना र बस्ने सुविधाको व्यवस्थादेखि सवैको सहभागितामा २२ जोडी बेहुलाबेहुलीलाई सजाएर बाजागाजासहित धुमधामका साथ जनकपुरधामको नगरपरिक्रमा समेत गराइएको छ । विवाहको खर्च परिषद सहित स्थानिय दाताहरुको सहयोगमा व्यवस्थापन गरिएको जनाइएको छ ।

२०७८ मंसिर २४, शुक्रबार १०:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय