गोविन्द महतो / जनकपुरधम,

प्रदेश २ नेपाली काङ्ग्रेस नेतृत्व चयनका लागि भएको चुनावमा देउवा समूहहका कृष्ण यादव प्रदेश सभापति पदमा विजयी भएका छन ।

केही बेरअघि सकिएको मतगणनामा प्रतिस्पर्धी रामसरोज यादवलाई १सय ४१ भोटले उछिन्दै कृष्ण यादव कांग्रेसको प्रदेश २ सभापतिमा बिजयी बनेका हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ।

रामसरोज विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन् भने उनलाई शेखर कोइरालाको समूहले पनि समर्थन गरेको थियो। निर्वाचन समितिका अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो।

तीमध्ये ३० मत बदर भए भने विजयी कृष्ण यादवले ९ सय ९६ मत पाए, पराजित रामसरोजले ८ सय ५५ मत ल्याए।

निर्वाचनमा संस्थापन पक्षबाट कांग्रेस रौतहटका सभापति कृष्ण यादव र निधि समूहबाट कांग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादवले प्यानल सहित उम्मेदवारी दिएका थिए।


२०७८ पुष ९, शुक्रबार ०९:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय