bike-accident_Nepalvani

किसन साह,

सर्लाही : सर्लाहीको सागरनाथ जंगलमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।

इश्वरपुर नगरपालिका–३ बयलबास भक्तिपुर सडकखण्डस्थित सागरनाथ जंगलमा बयलबास तर्फ जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोकिएर बाटो भन्दा १० मिटर तल खसेको थियो ।

दुर्घटनामा ईश्वरपुर नगरपालिका–१० दसबिघा बस्ने वर्ष २२ वर्षिय अरुण सिंह, २० वर्षिय श्रगम बिक र रोहन सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको समय भने यकिन हुनसकेको छैन । मोटरसाइकलसहित तीनजना लडेको अवस्थामा देखेपछि स्थानीयले आइतवार विहान प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनाको समय र कारण खुल्न नसकेपनि मादक प्रदार्थ सेवन अथवा बाक्लु हुस्सुले मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक तीनैजनाको शव जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७८ पुष १८, आईतवार १५:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय