
जनकपुरधाम : नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई निलम्बित गरिएको छ ।
एसपी पाण्डेले सरुवाको विषयलाई लिएर गोली हानेर मार्छु भन्दै मध्यराती यादवको घर मै पुगेर धम्की दिएको अनुसन्धानमा देखिएपछि प्रहरी प्रधान कार्यालयले घटनाको छानबिनको लागि एसपी पाण्डेलाई निलम्बन गरेको हो । पाण्डेलाई तीन महिनाकालागि निलम्बन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले बताए ।
पाण्डेले यादवलाई गोली हानेर मार्ने धम्की दिएको पुष्टि भएपछि निलम्बन गरिएको उनले जानकारी दिए । यादव र पाण्डेबीच व्यक्ति पक्राउको विषयमा विवाद हुंदा एसपी पाण्डे पेस्तोल बोकेर रक्सी खाएको अवस्थामा राती यादवको घर गएरै उनलाई धम्की दिएका थिए ।