
काठमाडौं : संघीय मामिला तथा प्रशासन मन्त्रालयले थप ६ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले शुक्रबार साँझ सरुवा गर्ने निणर्य गरेका हुन् ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा लगानी बोर्डका सहसचिव सुरेन्द्र पौडेल गृह मन्त्रालय वा यसअन्तर्गतको निकाय सरुवा भएका छन् ।
संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव राम आधार शाह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिवप्रसाद रेग्मीलाई वन मन्त्रालय सरुवा गरिएको छ । यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएपछि संघीय मामिला मन्त्रालयको अतिरिक्तमा रहेका भगवान् अर्याललाई लगानी बोर्डमा सरुवा गरिएको छ ।
उता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बद्रीनाथ अधिकारीलाई गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सरुवा गरिएको छ । मन्त्रालयले यसअघि गत मंगलबार मात्र १० जना सहसचिवको सरुवा गरेको थियो ।