नेपालवाणी सम्वाददाता,

बर्दिबास : एमालेसम्वद्ध अखिल नेपाल महिला सङ्घ महोत्तरीको नेतृत्व महिला नेतृ सरस्वती चौधरीको काँधमा आएको छ । सङ्घको आज आइतबार बर्दिबासमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनले चौधरीलाई सर्वसम्मत अध्यक्ष चुनेको हो ।

अधिवेशनले सर्वसम्मत चयन गरेको ११५ सदस्यीय जिल्ला समितिमा प्रमिला ढुङ्गाना र चन्दु मण्डल उपाध्यक्ष छानिनु भएको छ । त्यसैगरि उषा ढकाल, किरण ठाकुर र सकिला खातुनलाई क्रमशः सचिव, सहसचिव र कोषाध्यक्षको जिम्मेवारी दिइएको सम्पन्न अधिवेशनको अध्यक्ष मण्डलका संयोजक सरिता ढुङ्गानाले जानकारी दिनुभयो ।

अधिवेशन उद्घाटन सत्रमा राज्यका प्रत्येक र सामाजिक क्षेत्रमा महिला सहभागिता बढाउन महिला आफैं सशक्त हुन पर्नेमा महिला नेतृले जोड दिएका छन् । अखिल नेपाल महिला सङ्घको पाँचौं महोत्तरी जिल्ला अधिवेशनका क्रममा महिला नेतृहरुले प्रत्येक क्षेत्रको जिम्मेवारी वहन गर्न योग्य बनेर महिला आफैं सशक्त बन्नु पर्ने बताउनु भएको हो ।

amale_bardibas_mahottari_nepalvani (4)

“सम्बिधानमा महिला सहभागिता सुनिश्चित गरिएको छ” अधिवेशनको उद्घाटन मन्तव्य दिदै नेकपा (एमाले) पोल्युटब्युरो सदस्य सुजिता शाक्यले भन्नुभयो, “आम महिला सक्षम र सशक्त हुन नसक्दा त्यो सम्बिधानले तोकेको सहभागिता बक्सिस वा दयामायाँजस्तो बुझाइने गरिएको छ ।” अब महिला प्रत्येक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्षम छन् भन्ने कुरा सामथ्र्य बढाएरै पुष्टि गर्न सकिने शाक्यले स्पष्ट पार्नुभयो ।

राज्यका प्रत्येक क्षेत्रमा महिलाको समान सहभागिताको कुरा कसैको दयामायाँ र सहानुभूति नभई महिलाको अधिकार हो भन्ने विषय सबैले बुझ्न जरुरी भएको शाक्यको भनाइ छ ।

amale_bardibas_mahottari_nepalvani (3)

कार्यक्रममा अर्की महिला नेतृ एमालेका पोल्युटब्युरो सदस्य तथा पूर्वमन्त्री जुली महतो महासेठले पनि ३३ प्रतिशतको सहभागितालाई महिला जनसङ्ख्या अनुपातमा बढाउन सशक्तिकरण नै मुख्य कुरा भएको उल्लेख गर्नुभयो ।

अधिवेशन उद्घाटन समारोहमा एमालेका पोल्युटब्युरो सदस्य रामदयाल मण्डल, केन्द्रीय सदस्यहरु सरोज यादव, टेकबहादुर बलम्पाकी र बुधनीदेवी महतोसहितका नेताले सम्वोधन गर्दै पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनहुँदै पछिल्लो गणतन्त्र स्थापनाको आन्दोलनको सफलतामा नेपाली महिलाको उल्लेख्यनीय योगदान रहेको चर्चा गर्नुभयो । अधिवेशनमा महिला नेतृ दुर्गा दाहाल, रिना साह, रञ्जु ठाकुरसहितले सम्वोधन गर्नु भएको थियो ।

अध्यक्षमण्डलले सञ्चालन गरेको अधिवेशन बन्द सत्रअघिको उद्घाटन सत्र सङ्घका निवर्तमान जिल्ला अध्यक्ष शारदा थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

amale_bardibas_mahottari_nepalvani (1)


२०७८ पुष २५, आईतवार १९:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय