bike-accident_Nepalvani

लहान : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका ६ का कृणदेव यादवको मृत्यु भएको हो । प्रदेश न. २–०१–००१ प ५७५४ नम्बरको मोटरसाइकल दुर्घटनामा यादवको मृत्यू भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

अर्को मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ । सो विषयमा अनुसन्धान भइरहेको ईप्रका गोलबजारका इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।

२०७८ पुष २९, बिहीबार २१:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय