किसन साह
सर्लाही : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको  हरिवनमा मंगलबार दिउँसो यात्रुबस पल्टिएको छ ।
बस पल्टिँदा १७ जना यात्रु घाईते भएका छन् ।

मंगलबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नी यातायात नामक यात्रुबस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो । बस पूर्व–पश्चिम राजमार्गबाट एक बल्ड्याङ खाएर तल खसेको छ ।
बसमा यात्रारत १७ जना घाईते भएको र जसमध्ये एकजना गम्भिर रहेको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

घाईतेहरुको हरिवन स्थित नमूना अस्पताल लगायत विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र घाईतेहरुको संख्या था अवस्थाबारे एकिन विवरण संकलनको काम भईरहेको प्रहरीले जनाएको छ ।

२०७८ माघ ४, मंगलवार १८:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय