नेपालवाणी / जनकपुरधाम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा युवाहरुले जनकपुरमा प्रधानमन्त्री शेरवहादुर देउवाको पुतला दहन गरेको छ । नेकपा एमाले निकट अनेरास्ववियूले बुधबार दिउँसो जनकपुरको जनक चौकमा सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेर सरकारको बिरोधमा प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् ।

जनकपुरको शिव चौकबाट निस्केको जुलुस जनकचौक पुगेर पुतला दहन गरेको अनेरास्ववियूका मधेश प्रदेश अध्यक्ष अञ्जना सिवाकोटी बताईन् । पुतला दहन गर्नु अघि उनीहरुले कानून विज्ञ तथा वकिलहरुसंग सडक सम्बद्ध गरेका थिए । प्रदर्शनकारीहरु स्थानिय तहको निर्वाचनको मिति घोषणा गर्न समेत मांग गरेको अनेरास्ववियूका केन्द्रिय सदस्य रोशन यादवले जानकारी दिए ।

नेपाल आयल निगमले १३ दिनको अवधिमा नै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आफुहरु आन्दोलित भएको अनेरास्ववियूका केन्द्रिय सदस्य रोशन यादवले जानकारी दिए । यसअघि माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले मंगलबार फेरि नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तय गरेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १२५ रुपैयाँ तोकिएको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको छ । यसअघि पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको थियो । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको थियो ।


२०७८ माघ १९, बुधबार १७:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय