
जनकपुरधाम : मिथिलाको महाकुम्भ मानिएको १५ दिने माध्यमीकी परिक्रमाको आज सातौँ दिन बुधबार विश्रामस्थल ध्रुव कुण्ड पुगेका छन् । यहाँ ध्रुवजीको मन्दिर छ ।
शुक्रबार भारत बिहारको कल्याणेश्वर स्थानमा १५ दिने परिक्रमाको लागि यात्रीहरुले संकल्प लिइ शनिबार गिरिजा स्थान पुगेका थिए । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा विहीबारदेखि सुरु भए पनि शुक्रबार कल्याणेश्वरमा संकल्प लिए पछि औपचारिक रुपमा प्रारम्भ भएको छ ।
परिक्रमामा १ सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमीकी परिक्रमा बिहीबारदेखि सुरु भएको हो ।
फागुन कृष्णपक्षको औँसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा बिहीबारदेखि सुरु भएको हो । परिक्रमामा सहभागीहरु क्रमशः फूलहर स्थित गिरिजास्थान हुँदै महोतरीको मटिहानी, जलेश्वर, मडै धु्रबकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्वर र फागु पूर्णिमाको दिन जनकपुर फर्केर अन्तगृह परिक्रमा गरेपछि समापन हुने छ ।
पन्द्रह दिवसीय परिक्रमा अन्तर्गत छैठौ दिन महोत्तरीको मडैमा परिक्रमा यात्रु पुग्ने भएपछि परिक्रमा यात्रुहरुलाई स्थानिय संघ संस्था र मडै ग्रामबासीहरु स्वागतमा जुटेका छन् ।
सोमबार परिक्रमाका यात्रीहरु जलेश्वरनाथ महादेवको दर्शन गरी जलेशवरमा रात्री बिश्राम पश्चात आज मडै पुगेका थिए ।
त्यस्तै सातौँ दिनको आज विश्रामस्थल धु्रव कुण्ड पुगेका छन् ।
आठौँ दिन यात्रीको आठौँ दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ । कन्चनबन पुगेपछी परीक्रमामा सहभागी साधुसन्त सहित परीक्रमाबासीहरु एकआपसमा रंगअबिर खेल्दै होरी मनाउने परम्परा रहेको छ ।
त्यसैगरि नवौँ दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन् । दसौँ दिन यात्रुहरु धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले तोडेको धनुषका एक टुक्रा यहाँ खसेको जनविश्वास छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । यहाँ विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगङ्गा नदी एवं उत्तरपट्टी करिब ५०० बिघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ ।
यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ । एघारौँ दिन यात्रीको गन्तव्य सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ । त्यस्तै बार्हौँ दिन तिर्थालुको गन्तव्य औरही हो । जनकपुर जयनगर रेल्वेको तेस्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् । तेर्हौँ दिन भारतको विशौल परिक्रमा यात्रुको गन्तव्य हो ।
चौधौँ दिन परिक्रमाका यात्री करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कल्याणेश्वर नजिकै पर्दछ । पन्ध्रौँ दिन परिक्रमाका यात्री जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो । फागुपूरणिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूणर्िमाको बिहानै जनकपुरको पञ्चकोसी परिक्रमा अन्तगृह पछि श्रद्धालु जानकी मन्दिरलगायत अन्य मठ,मन्दिरमा दर्शन, पूजन गरी घर फर्कन्छन् । यसरी मिथिला परिक्रमाको १५ दिवरीय यात्रा सम्पन्न हुन्छ ।
परिक्रमा यात्रु लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ । परिक्रमामा सहभागी हजारौँ यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौँ श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी र गैरसरकारी क्षेत्रका संस्था प्रयासरत रहेका हुन्छन् ।
परिक्रमामा सहभागी हजारौँ यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौँ श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी र गैरसरकारी क्षेत्रका संस्था प्रयासरत रहेका हुन्छन् । महाशिवरात्रि सम्पन्नलगत्तै प्रारम्भ हुने धार्मिक यात्रा होली खेलेर समापन गर्ने परम्परा छ । यो परिक्रमाले रामायणका धेरैजसो पक्ष सँग सम्बन्ध राख्ने स्थान र अवयव छुने गर्दछ ।