महोत्तरी : त्रेता युगमा सीता र रामले रङ र अबिर दलेर होली खेलेको स्मरणमा बिहिबार मिथिला माध्यमिकी परिक्रमामा सहभागीहरुले होली खेलेका छन् ।परिक्रमामा मिथिला बिहिबारको डोलासँगै परिक्रमामा कञ्चनवन पुगेका सहभागीहरुले एक अर्कालाई रङ र अबिर दलेर होेली पर्वको शुभारम्भ गरेका हुन् ।

कञ्चनवनमा परिक्रमामा सहभागीहरुले अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ । परिक्रमा डोला कञ्चनवन पुगेपछि होली खेल्ने परम्परा छ ।यहाँको होली मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिहरुको सहभागिता हुन्छ ।

फागुन शुक्ल प्रतिपदाबाट शुरु हुने मिथिला मध्येमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ । यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल हो । इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ । यो स्थानमा भगवान राम र माता जानकीले होली पर्व मनाएका थिए ।

यहाँ परिक्रमामा सहभागीहरु रङ र अबिर दलेर होली खेल्ने गर्छन ।

दृश्य: राजा झा 

 

२०७८ फाल्गुन २६, बिहीबार १७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय