लहान : सिरहाको औरही गाउंपालिकाका उपाध्यक्ष सीताकुमारी यादव जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेकी छिन् ।

औरही गापा–३ की यादवले विहीबार एक प्रेस विज्ञप्ति जारी गरेर साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

केन्द्रीय अध्यक्ष समक्ष निवेदन दिए पनि सुनवाइ नभएको, जिल्ला अध्यक्षलाई दिएको निर्देशन पालना नभएको र पार्टी हित विपरीत काम गर्नेलाई कारवाही नगरेको आरोप लगाउंदै उनले पार्टी परित्याग गरेकी छिन् ।

पार्टीमा व्यक्तिवादी हाबी भएको, आफूमाथि अन्तर्घात गरेको, राम्रो कामको मूल्याकंन नगरेको र उल्टै अपमानित गर्ने जस्ता प्रवृतिले गर्दा पार्टी परित्याग गरेको उपाध्यक्ष यादवको आरोप छ । स्रोतका अनुसार उपाध्यक्ष यादव नेपाली कांग्रेसमा प्रवेश गर्न लागेकी हुन् । उनलाई प्रवेश गराउन औरही गाउंपालिका–३ मै नेपाली कांग्रेसले चैत २५ मा कार्यक्रम राखेको छ ।


२०७८ चैत्र १८, शुक्रबार ०६:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय